प्रधानमन्त्रीसँग युएईका राजदूतको शिष्टाचार भेट



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई) का राजदूत अब्दुल्लाह अल शम्सीले शिष्टाचार भेट गरेका छन् ।

प्रधानमन्त्री निवासमा आज भएको उक्त भेटमा राजदूत शम्सीले आगामी फेब्रुअरीको दोस्रो साता दुबईमा आयोजना हुने ‘वल्र्ड गभरमेन्ट्स समिट’मा भाग लिन युएईका उपराष्ट्रपति एवं प्रधानमन्त्री मोहम्मद बिन रसिद अल माक्टुमले पठाएका निमन्त्रणा पत्र हस्तान्तरण गरे ।

त्यस अवसरमा दुई देशबीचको आपसी सम्बन्धका साथै पारस्परिक हित र चासोका साझा विषयमा छलफल भएको थियो । साथै उनीहरुबीच यसअघि भएका द्विपक्षीय सम्झौताको प्रभावकारी कार्यान्वयन र आगामी दिनमा व्यापार, लगानी, कृषि, जलविद्युत्, पर्यटन प्रवर्द्धनबारे पनि छलफल भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
म ब्रिटिसगोर्खाले त्यहाँका सैनिक सरह सेवा सुविधा पाउनुपर्छ भन्नेमा स्पष्ट छुः सभापति देउवा

ललिततपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ब्रिटिसगोर्खा सैनिकको इतिहास गर्व गर्न लायक

अहिलेको व्यवस्थालाई ठिक भन्ने मान्छे पो खराब हुन्ः अध्यक्ष लिङ्देन

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकको प्रणाली परिवर्तन आवश्यक रहेको

संसदमा रास्वपाको रोचकः सत्तापक्षका सांसद बोल्दा बाहिरिने, प्रतिपक्षको पालो आउँदा भित्रिने

काठमाडौँ । प्रतिनिधिसभामा विनियोजन विधेयकमाथिको छलफल जारी छ । सत्तापक्षका सांसदलाई विधेयकका विविध

सरकारलाई माओवादीको प्रश्नः डेडिकेटेड र ट्रङ्कलाइनको बक्यौता उठाउने योजना के छ ?

काठमाडौँ । सांसदहरुले नागरिकलाई सहजै आधारभूत सेवा उपलब्ध गराउन नीतिगत र संरचनागत सुधार