एकीकृत समाजवादीले तत्काल कसैसँग पार्टी एकता नगर्ने


काठमाडौं । नेकपा एकीकृत समाजवादीको तत्काल पार्टी एकताको कुनै सम्भावना नभएको निष्कर्ष निकालको छ । पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको पार्टी स्थायी कमिटीको बैठकले यस्तो निष्कर्ष निकालेको हो ।

बैठकपछि नेता जगन्नाथ खतिवडाले देशका अन्य कुनै पनि कम्युनिष्ट पार्टीसँग एकताको कुनै सम्भावना नभएको निष्कर्ष निकालेको बताए ।

उनले राष्ट्रिय एजेन्डामा सहकार्य गर्न तयार रहेको बताए। केन्द्रीय सदस्यहरूको कार्य विभाजन र आगामी कार्ययोजनालाई पारित गर्दै स्थायी कमिटीको बैठक मंगलबार सम्पन्न हुने उनले बताए। खतिवडाले जनताको घर–घरबाटै जनसंघर्षकै माध्यमबाट पार्टी निर्माण गर्न सकिने भएकाले जनताको घर–घरमा जानेसहितको निर्णय हुने बताए।