जसपा नेपालका दुईवटा जिल्ला समिति पुनर्गठन



काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका दुईवटा जिल्ला समिति पुनर्गठन गरिएका छन् । कोशी प्रदेशको सङ्खुवासभा र बागमती प्रदेशअन्तर्गतको दोलखा जिल्ला समिति पुनर्गठन गरिएको सो पार्टीका केन्द्रीय प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए।

उनले भने, ‘इन्द्रबहादुर तामाङको अध्यक्षतामा १५ सदस्यीय दोलखा जिल्ला समिति तथा सीताराम तिम्सिनाको अध्यक्षतामा ३९ सदस्यीय सङ्खुवासभा जिल्ला समिति पुनर्गठन गरिएको छ ।’

गत भदौदेखि जसपा नेपालले आधारभूत संगठन निर्माणको चार महिने अभियान सुरु गरेको थियो । यही मङ्सिर मसान्तसम्म सञ्चालन हुने भनी निर्धारण गरिएको अभियानको समयावधि थप हुनसक्ने पार्टीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
झापाको जामुनबारी चोकमा कोशीको पूर्वमुख्यमन्त्री उद्धव थापामाथि आक्रमण

झापा । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री उद्धव थापामाथि झापामा आक्रमण भएको छ । आक्रमणबाट

प्रचण्डलाई शंकर पोखरेलको प्रश्नः तपाई प्रधानमन्त्री हुँदा हिउँदे अधिवेशन माघको अन्तिम सातामा बोलाएको विर्सनु भयो ?

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई हिउँदे अधिवेशन

दुई दलीय शक्तिको अभ्यास स्वीकार्य हुँदैनः महासचिव गुरुङ

दमौली । नेकपा (माओवादी केन्द्र) का महासचिव देवप्रसाद गुरुङले दुई दलीय शक्तिको अभ्यास

एमालेसँगको गठबन्धन अवसर र चुनौतीः मन्त्री पाण्डे

धादिङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे पर्यटन क्षेत्रबाट मुलुकको आर्थिक