कांग्रेसको बालबालिका तथा किशोरकिशोरी समन्वय विभागमा दश सदस्य मनोनयन


काठमाडौँ । नेपाली कांग्रेसले बालबालिका तथा किशोरकिशोरी समन्वय विभागमा दश सदस्य मनोनयन गरेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले आइतबार पार्टीको विधान, २०१७ (संशोधनसहित) को धारा २५ (९) बमोजिम पार्टीका केन्द्रीय सदस्य डा जीवन रानाको संयोजकत्वमा रहेको बालबालिका तथा किशोरकिशोरी समन्वय विभागमा दश सदस्य मनोनयन गरेका हुन् ।

सदस्यमा लक्ष्मी ठाकुर (सुनसरी), योगमाया गिरी (इलाम), निर्मल घिसिङ (रामेछाप), चन्द्र गुरुङ (कास्की), खलिल खाँ (बाँके), रूपा विक (रूपन्देही), सुशीला बम (कालीकोट), यादवकृष्ण चौधरी (बारा), हरि अधिकारी (कञ्चनपुर) र भागिरथि विष्ट (कञ्चनपुर)लाई मनोनयन गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेल विज्ञप्तिमार्फत जानकारी दिए ।