वर्तमान सरकारलाई असफल हुने छुट छैनः शेखर कोइराला



 

मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मुलुकमा राजनीतिक स्थायित्व कायम गर्न वर्तमान गठबन्धन सरकार निर्माण भएको बताएका छन् ।

नेपाली कांग्रेस मोरङका १७ पालिका कार्य समितिद्वारा मंगलबार विराटनगरमा आयोजित पार्टीका कोशी प्रदेशस्तरीय पालिका सभापतिको दुई दिने प्रशिक्षण कार्यक्रमको उद्घाटन गर्दै नेता कोइरालाले कांग्रेस र एमालेबीच मुलुकमा पारदर्शी, सुशासन, संविधान संसोधन र आर्थिक वृद्धिका लागि सरकार निर्माण भएको स्पष्ट पारेका हुन् ।

कोइरालाले भने, ‘वर्तमान सरकारलाई असफल हुने छुट छैन । यो सरकारप्रति जनताको ठूलो आशा एवं विश्वास छ ।’ उनले पार्टीभित्र कुनै गुट उपगुट नभनी पार्टीलाई सही गन्तव्यमा पुर्याउन प्रशिक्षण  कार्यक्रम आयोजना गरिएको बताए ।

कोइरालाले पालिका सभापतिहरुलाई अधिकार दिएर सङ्गठन बलियो बनाउने कार्यमा आफू लाग्ने प्रतिबद्धतासमेत व्यक्त गरे ।

कांग्रेस केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले वडादेखि केन्द्रसम्म पार्टीले जनताको समर्थनबाट प्राप्त सत्तालाई जनताको हितमा प्रयोग गर्न आवश्यक बहस र छलफल गर्नुपर्ने सुझाव दिए । उनले पार्टीभित्रको आन्तरिक प्रतिस्पर्धाको राजनीतिलाई सडकमा नल्याउन सबैसँग आग्रह गरे ।

कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले पार्टी सङ्गठनलाई बलियो बनाउन आवश्यक भएको चर्चा गरे ।

कार्यक्रममा केन्द्रीय सदस्य किरण यादव, सरिता प्रसाई, रुक्मणि कोइराला र डा चन्द्रमोहन यादव,  विराटनगर महानगरपालिकाका प्रमुख नागेश कोइरालालगायतले लोकतन्त्रलाई संस्थागत गर्न, पार्टी सङ्गठनलाई बलियो बनाउन जनताको घेरदैलोमा जान कार्यकर्तालाई आग्रह गरे ।  कार्यक्रममा प्रदेशका एक सय १३ पालिकाका सभापतिको सहभागिता रहेको छ ।

कोइराला पक्षले कोशी प्रदेशका पालिका सभापतिहरूको भेला आयोजना गर्न लागेको भन्दै सोमबार केन्द्रले कुनै कार्यक्रम नभएको भन्दै परिपत्र गरेको थियो ।

कोशी प्रदेशका १४ वटै जिल्ला सभापतिहरूलाई केन्द्रीय कार्यालयले परिपत्र गर्दै मंसिर २२ गतेको प्रदेश सम्मेलनबाहेक त्यसअघि अन्य कुनै भेला नभएको बताएको थियो । तर कोइराला पक्षले मंगलबार भेला आयोजना गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बीआरआई परियोजनाबाट दुई मुलुकको आपसी सम्बन्ध अझै गाढा हुन्छः प्रधानमन्त्री ओली

बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बेल्ट एण्ड रोड

गर्वका साथ सय जनाको टोली लिएर जाने, अनि माग्ने ?

नारायण गाउँले । देशमा ७५३ वटा त स्थानीय तह र ६७४३ वडा रहेछन्

नेपाल–चीन सम्बन्धका विविध आयामबारे प्रधानमन्त्रीले पेकिङ विश्वविद्यालयमा प्रवचन दिने

काठमाडौं । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार पेकिङ विश्वविद्यालयमा

जनप्रतिनिधिहरुले आफ्नो कार्यशैलीमा व्यापक सुधार गर्नुपर्ने सन्देश उपनिर्वाचनले दिएको छ

शंकर पोखरेल । उपचुनावको परिणाममा नेकपा एमाले तेश्रो भनेर प्रचार भइरहेको छ ।