मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार : नेता कोइराला



मोरङ । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान सरकार बनेको बताएका छन् ।

विराटनगर विमानस्थलमा शुक्रबार साँझ सञ्चारकर्मीहरूसँग कुरा गर्दै कोइरालाले मुलुकको आर्थिक समृद्धि र राजनीतिक स्थायित्वका लागि वर्तमान गठबन्धन सरकार गठन भएकाले यसको विकल्प नहरेको बताएका हुन् ।

कोइरालाले मुलुकलाई आर्थिक रूपमा चलायमान गराउनका साथै सुशासन कायम गर्न सरकार संवेदनशील भएर लाग्नुपर्नेमा जोड दिए ।

उनले प्रधानमन्त्रीको छिमेकी मित्रराष्ट्र चीनको भ्रमण सफल हुने विश्वास व्यक्त गर्दै भ्रमणबाट मुलुकलाई फाइदा पुग्ने विचारसमेत व्यक्त गरे । एक अर्को प्रसङ्गमा नेता डा कोइरालाले सरकारले संविधान संशोधनका सम्बन्धमा विभिन्न दलहरूसँग छलफल गरी निष्कर्षमा पुग्नुपर्ने धारणा राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
छेङ्दुमा चिनियाँ विदेशमन्त्रीसँग परराष्ट्रमन्त्री राणाको भेट

काठमाडौं । बिहीबारदेखि चीन भ्रमणमा रहेकी परराष्ट्रमन्त्री डा. आरजु राणा र चिनियाँ विदेशमन्त्री

राजनीतिक स्थायित्वका लागि कांग्रेस-एमालेको सरकारः उपप्रधानमन्त्री सिंह

तनहुँ । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले स्थानीय सरकारले अब रोजगारी

बुद्धका शिक्षाको प्रचारक र अनुयायी हुन प्रधानमन्त्री ओलीको आग्रह

रुपन्देही। प्रधानमन्त्री केपी शर्मा ओलीले बुद्धका दर्शन र शिक्षाको प्रचारक र अनुयायी भएर

प्रधानमन्त्रीको चीन भ्रमणको परराष्ट्रद्वारा औपचारिक जानकारी, ओलीले पेकिङ विश्विविद्यालयमा सम्बोधन गर्ने

काठमाडौं । परराष्ट्र मन्त्रालयले प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको औपचारिक जानकारी गराएको