प्रधानमन्त्री ओलीलाई राष्ट्रिय ज्यापु दिवसका लागि परम्परागत निमन्त्रणा



काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष २१औँ राष्ट्रिय ज्यापू दिवसका लागि परम्परागत निमन्त्रणा (ग्वय् दाँ तयेगु ज्वाइव) दिइएको छ।

प्रधानमन्त्री निवास, बालुवाटारमा बुधबार संघीय सांसद कृृष्णगोपाल श्रेष्ठ, ज्यापू संस्कृति विकास कोषका अध्यक्ष मङ्गलकृष्ण महर्जनसहित करिब सय जनाको समूहले नेवारी बाजागाजा प्रस्तुत गर्दै सगुन दिएर दिवसको प्रमुख अतिथिका रुपमा प्रधानमन्त्री ओलीलाई निमन्त्रणा गरेको हो।

यस वर्षको ज्यापू दिवस तथा योमरी पुन्ही यही मङ्सिर ३० गते मनाइनेछ। उक्त दिन काठमाडौँमा र्‍यालीसहित वसन्तपुरमा मुख्य कार्यक्रम हुनेछ। कार्यक्रममा ज्यापू प्रतिभा पुरस्कार पनि प्रदान गरिने आयोजकले जनाएको छ।

परम्परागत निमन्त्रणा ग्रहण गर्दै प्रधानमन्त्री ओलीले नेवारी संस्कृति नेपाली संस्कृतिको पहिचान दिने मौलिक, उन्नत र परिस्कृत तथा इतिहास बोकेको संस्कृति भएकाले सबै मिलेर यसको संरक्षण र प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए। उनले ज्यापू गुठीका लागि अक्षयकोषमा सक्दो रकम वृद्धि गर्न सरकारले सहयोग गर्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
बीआरआईका सन्दर्भमा उठ्ने गरेको आशङ्कका र अनावश्यक हल्ला चिर्न प्रधानमन्त्रीको चीन भ्रमण सफल हुन्छः महामन्त्री थापा

विराटनगर । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दुई ठूला दलको सातबुँदे सहमतिलाई संस्थागत

कीर्तिपुर नगरपालिका उपनिर्वाचन : मतदाता रिझाउँदै उम्मेदवार

नारायण न्यौपाने/भीष्मराज ओझा, कीर्तिपुर (काठमाडौँ) । यही मङ्सिर १६ गते हुने उपनिर्वाचनका लागि

विधिको शासनको उपहास !

काठमाडौं । जापानमा मानव तस्करीको आरोपमा पक्राउ परेका कोशी प्रदेशका पूर्वमन्त्री लिलाबल्लभ अधिकारीलाई

पूर्वराजा मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रको भ्रमणमा निस्कने

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह आगामी साता मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रको भ्रमणमा निस्कने