जलवायु अनुकूलनलाई प्राथमिकतामा राखी विश्वव्यापी साझेदारीमा नेपालले भूमिका खेल्नेछः प्रधानमन्त्री ओली



 

काठमाडौं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वमा जलवायु अनुकूलन र दिगोपनालाई प्राथमिकता दिँदै विश्वव्यापी साझेदारीसँग सहकार्य गर्न नेपाल तयार रहेको स्पष्ट गरेका छन् ।

संयुक्त राष्ट्रसङ्घ दिवसका अवसरमा बिहीबार नेपाली सैनिक मुख्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री ओलीले त्यसका लागि नेपालले सकारात्मक भूमिका खेल्न प्रतिबद्ध रहेको दोहोर्याए ।

“जलवायु परिवर्तनको समस्यालाई सम्बोधन गर्न संयुक्त राष्ट्रसङ्घको नेतृत्वले हामीलाई साझा समाधानका लागि अगाडि बढ्न निरन्तर मार्गनिर्देशन गर्नेमा हामी विश्वस्त छौँ । नेपालजस्ता मुलुकका लागि राष्ट्रसङ्घको मार्गनिर्देशनले राष्ट्रका अस्तित्व जोगाउन सहयोग पुर्याउने छ”, प्रधानमन्त्री ओलीले भने, “विश्वभरको अस्थिर र अस्पष्ट अवस्थामा नेपाल राष्ट्रसङ्घका सिद्धान्त र प्रतिबद्धताप्रति अडिग छ । शान्ति, सुरक्षा, दिगो विकास र वातावरण संरक्षण तथा प्रवर्द्धन गर्न विश्वव्यापी प्रयासलाई समर्थन गर्न जारी राख्नेछौँ ।”

नेपालको परराष्ट्र नीतिको एक अङ्गका रूपमा रहेको शान्तिपूर्ण सहअस्तित्व, सार्वभौमसत्ताका लागि पारस्परिक सम्मान र अहस्तक्षेपका सिद्धान्त पालना भइरहेको अवगत गराउँदै उनले दुई ठूला छिमेकीबीचमा रहेको नेपालले ‘सबैसँग मित्रता र कसैसँग पनि शत्रुता नराख्ने’को नीति कायम राखेको उल्लेख गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारी ठगीमा जोडिएका सत्तापक्षका नेता जोगाउने काममा सरकार लाग्योः माओवादी

काठमाडौँ । नेकपा माओवादी केन्द्रले केपी ओली नेतृत्वको सरकार सत्तापक्षका नेता जोगाउने काममा

द्वन्द्वग्रस्त मुलुकमा शान्ति स्थापना कार्यमा खटिइएका नेपाली शान्ति सैनिकको भूमिका प्रशंसनीयः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जलवायु परिवर्तन, गरिबी र सुरक्षा चुनौतीलगायत विश्वव्यापी

यस्ता छन् पर्यटनमन्त्री पाण्डेका सय दिनका उपलब्धि

  काठमाडौँ ।  संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले नेपाल एयरलाइन्सलाई सुधार

पोखरामा रास्वपाका सांसदले प्रदर्शन गर्न अरुलाई उक्साउनु गैरकानुनी कार्य होः एमाले

काठमाडौं । नेकपा एमालेले सडक आन्दोलनका क्रममा पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरूले दिएको