धवलशम्शेरविरुद्ध नेतृत्वले गरेको निर्णयले पार्टीमा संकट उत्पन्न हुन्छः नेता लोहनी



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेतृत्वको ‘मोनोपली र एकलौटी’ले एक पक्षलाई भित्तामा पुर्याएर पार्टीलाई छियाछिया बनाउन लागेको भन्ने कार्यकर्तापंक्तिमा चिन्ता बढ्दो छ ।

‘कसैसँग सल्लाह नगरी मनपरी गर्ने र एक पक्षलाई सिध्याउनुपर्छ, पार्टी छाडेर जाउन् भन्ने सोँच पाल्ने हो भने पार्टी अधोगतितिर जान्छ । पार्टी साझा सम्पति हो, सबै अट्ने ठाउँ दिनुपर्छ नभन्ने हो भने पार्टीमा संकट उत्पन्न हुन्छ जो महाधिवेशनको स्पीरिट होइन,’ राप्रपाका युवा नेता फणीराज (राजु) लोहनीले आइतबार भने ।

विधान मिच्ने कार्यले राप्रपामा पंचायतशैली देखापरेको उनको टिप्पणी थियो । महामन्त्री डा. धवलशम्शेर राणा भारतमा क्यान्सरको उपचारमा रहँदा संगठन विभागको प्रमुखबाट अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले पदमुक्त गर्नु मानवीय संवदेशीलता विरुद्ध भयो, लोहनीले भने । राणा फर्केर आएपछि पार्टी अध्यक्षले कुरा गरेर सल्लाह र सहमतिमा निर्णय लिनु उपयुक्त हुने थियो ।

त्यसकारण विधान विपरितको यस्तो क्रूर कार्य निन्दनीय छ, निर्णय गर्दा पार्टीमा कतै औपचारिक छलफल र निर्णय भएको छैन, लोहनीले भने ।

महाधिवेशनबाट पारित राप्रपाको विधानको धारा २४ (छ) र (झ) मा विभाग र समितिहरु गठन गर्ने र तिनको काम, कर्तव्य र अधिकार तोक्ने अधिकार केन्द्रीय कार्य समितिलाई दिइएको छ । धारा ३२ को व्यवस्था अनुसार अध्यक्षले अनुशासन सम्बन्धी प्रस्ताव अघि बढाउन र अनुशासन समितिको सिफारिस कार्यान्वयन गर्न समेत केन्द्रीय कार्य समितिमा पेश गरेर निर्णय गराउनु पर्दछ । विधानमा अध्यक्षलाई आमन्त्रित केन्द्रीय सदस्य मनोनयन गर्ने बाहेक अरु एकल अधिकार दिइएको छैन ।

महामन्त्री राणालाई पदमुक्त गर्ने निर्णयबारे पूर्वअध्यक्षहरु पशुपतिशम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनी दुबै बेखबर थिए । पार्टीका उपाध्यक्ष, महामन्त्री लगायत अन्य केन्द्रीय पदाधिकारी र सदस्यहरुले पनि विज्ञप्तिबाट जानकारी पाएका थिए । पूर्वअध्यक्षद्वय राणा र लोहनी लिङ्देनको पछिल्लो कदमप्रति असन्तुष्ट छन् भने पार्टीमा खैलाबैला उत्पन्न भएको छ, अब यो विवाद केन्द्रीय कार्य समितिमा जाने संभावना देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रहरीबाट पाएको आधिकारिक जानकारीपछि सदनबाट सहकारी ठगीमा रवि लामिछाने निर्दोष भनेको हुँः प्रचण्ड

भरतपुर । । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सहकारी ठगी प्रकरणमा राष्ट्रिय

गभर्नर अधिकारीमाथि छानबिन गर्न गठित जाँचबुझ समिति रद्द गर्ने सरकारको निर्णय

काठमाडौं । असोज १८ गते बसेको मन्त्रिपरिषद बैठकले विभिन्न २१ वटा निर्णय गरेको

सत्तारुढ कांग्रेस र एमालेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे एक करोड सहयोग

काठमाडौँ । नेकपा एमालेले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा  ५० लाख सहयोग गरेको

समस्यामा परेका नेपालीलाई सहायता र समन्वय गर्न लेबनान र इजरायलका राजदूतलाई परराष्ट्रमन्त्रीको निर्देशन

काठमाडौँ । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले इजरायल र लेबनानमा रहेका नेपालीहरुको अवस्थाबारे