धवल शम्सेरलाई सङ्गठन विभागको प्रमुखबाट हटाउनु अविवेकी निर्णयः लोहनी


काठमाडौं । धवल शम्सेर राणालाई संगठन विभागबाट हटाएकोमा राप्रपाभित्र असन्तुष्टि बढेको छ । पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले संगठन विभागको प्रमुखबाट राणालाई हटाएर बुद्धिमान तामाङलाई प्रमुख बनाएपछि राप्रपामा असन्तुष्टि देखिएको हो ।

पार्टीका पूर्वअध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले बिरामी भएर विदेशमा उपचार गराइरहेका बेला राणालाइ हटाएकोमा आपत्ति जनाएका छन् ।

उनले भनेका छन्, ‘राप्रपाका सांसद तथा महामन्त्री धवल शम्शेर बिरामी भएर विदेशमा उपचार गराउँदै हुनुहुन्छ । यस्तो बेलामा उहाँलाई सङ्गठन विभागको प्रमुखबाट हटाउनु अविवेकी तथा अ्मानवीय निर्णय हो र बिरामी साथीलार्ई तनाव दिने काम मात्र हो । यो निर्णयप्रति म दुःख व्यक्त गर्दछु र मेरो असहमति स्पष्ट गर्दछु ।’