उद्धार र राहतमा क्रियाशील रहन नेता कार्यकर्तालाई कांग्रेसको आग्रह



काठमाडौँ । नेपाली काग्रेसको शुभेच्छुक संस्था समन्वय विभागले राष्ट्रिय विप्दको बेला राहत तथा उद्धार कार्यमा सक्रिय रहन शुभेच्छुक संस्थाका पदाधिकारी एवम् सदस्यलाई आग्रह गरेको छ ।

विभाग प्रमुख अब्दुल सत्तारले मंगलबार विज्ञप्ति जारी गरी असोज १० गतेदेखि तीनदिनसम्म देशभर परेको अविरल वर्षाको कारण ठूलो जनधनको क्षति भएको भन्दै यस घडीमा विभागमा आबद्ध सङ्घ, प्रदेश र स्थानीय तहमा क्रियाशील शुभेच्छुक संस्थाका प्रतिनिधिहरूलाई राहत तथा उद्धार कार्यमा सक्रिय रहन आग्रह गरेका हुन् ।

यसैगरी दुःखद घडीमा मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै मृतकका परिवारलाई उचित राहतको व्यवस्था मिलाउन, बेपत्ता भएकाको चाँडो खोजी गर्न र घाइतेको यथाशीघ्र निःशुल्क उपचारको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ ।

विभागले यस विषम परिस्थितिमा सुरक्षा निकाय, सडक विभागको समन्वयमा अवरुद्ध राजमार्ग, सहायक मार्ग तथा पुलको चाँडो मर्मतसम्भार गरी यातायातका साधन सञ्चालन गर्न सरकारसँग माग गरेको छ ।

संयोजक सत्तारले नेपालीहरूको पर्व विजयादशमीको पूर्वसन्ध्यामा भएको यस अकल्पनीय घटनाले जनतामा त्रास उत्पन्न भएकाले जनतालाई सुरक्षित तवरले गन्तव्यस्थलसम्म जाने वातावरण निर्माणमा लाग्न सरकारलाई आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्रीको स्वीकारोक्तिः पूर्वतयारीभन्दा ठूलो विपद् आएकाले उद्धार र खोजमा कमजोरी भयो

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बाढी, पहिरो र डुबानका कारण जनताले भोगिरहेका

मौसमको पूर्वानुमान हुँदाहुँदै पनि सरकारले ख्याल नगर्दा ठूलो क्षति भयोः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले विपद व्यवस्थापनमा सरकारले गरेको

राजमार्गमा अलपत्र यात्रीहरुलाई तत्काल उद्धार गरी गन्तव्यमा पुर्याउन सरकारलाई संसदीय समितिको निर्देशन

  काठमाडौँ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बाढीपहिरोका कारण सडक अवरुद्ध