परराष्ट्रमन्त्री राणा र अमेरिकी उपविदेशमन्त्रीबीच भेटवार्ता



काठमाडौं । परराष्ट्रमन्त्री आरजु राणा देउवाले अमेरिकी उपविदेशमन्त्री उर्जा जियासँग भेटवार्ता गरेकी छन् ।

अमेरिकाको वासिङ्टन डीसीस्थित नेपाली राजदूतावासमा सोमबार भएको भेटमा नेपाल–अमेरिका आपसी हितका विविध विषयमा छलफल भएको थियो । उनीहरूबीच शान्ति, मानव अधिकार र प्रजातन्त्रका विषयमा पनि कुराकानी भएको थियो ।

भेटमा मन्त्री राणाले नेपाल शान्ति, मानव अधिकार र प्रजातन्त्रका पक्षमा रहेको र नेपालको संसद्ले हालै पारित गरेको संक्रमणकालीन न्यायसम्बन्धी कानुनबारे उपविदेशमन्त्री जियालाई जानकारी गराएकी थिइन् । मन्त्री राणाले नेपालले शान्ति प्रक्रियाका बाँकी रहेका कामहरू छिट्टै टुंग्याउने बताएकी थिइन् ।

संयुक्त राष्ट्रसंघीय महासभामा भाग लिन अमेरिका पुगेकी मन्त्री राणा वासिङ्टन डीसीमा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मौसमको पूर्वानुमान हुँदाहुँदै पनि सरकारले ख्याल नगर्दा ठूलो क्षति भयोः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले विपद व्यवस्थापनमा सरकारले गरेको

राजमार्गमा अलपत्र यात्रीहरुलाई तत्काल उद्धार गरी गन्तव्यमा पुर्याउन सरकारलाई संसदीय समितिको निर्देशन

  काठमाडौँ । संसदको राज्य व्यवस्था तथा सुशासन समितिले बाढीपहिरोका कारण सडक अवरुद्ध

राष्ट्रसङ्घको महासभामा देशको स्वाभिमान र राष्ट्रियता उच्च पार्ने काम गरेंः प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा आफूले गरेको

बाढीपहिरो प्रभावितका लागि राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने एमालेको निर्णय

काठमाडौं । नेकपा एमालेले बाढीपहिरो प्रभावितका लागि प्राकृतिक विपद् तथा राहत कोषमा ५०