पर्यटनका माध्यमबाट लुम्बिनीलाई आत्मनिर्भर बनाइने



लुम्बिनी। लुम्बिनी प्रदेश सरकारले पर्यटनका माध्यमबाट प्रदेशलाई आत्मनिर्भर बनाउने अवधारणा अघि सारेको छ ।

विश्व पर्यटन दिवसका अवसरमा मुख्यमन्त्री चेतनारायण आचार्यले आज दिएको शुभकामना सन्देशमा लुम्बिनीलाई आत्मनिर्भर प्रदेशका रूपमा विकास गर्न ‘घुमौँ लुम्बिनी’को अवधारणा कार्यान्वयन गरिने बताएका छन् ।

प्रदेश सरकारले स्थानीय उत्पादन बढाएर त्यसमा नागरिकलाई जोड्ने र पर्यटनसँग केन्द्रित गरेर आयआर्जनका अवसर सिर्जना गर्ने योजनालाई पूरा गर्न घुमौँ लुम्बिनीको अवधारणा अघि बढाएको हो ।

मुख्यमन्त्री आचार्यले ‘घुमौँ लुम्बिनी’ भन्ने मान्यता प्रदेश सरकारले स्थापित गर्न खोजेको भन्दै पर्यटनबाट नै नागरिकलाई स्वरोजगार बनाउन सकिने उल्लेख गरेका छन् । नागरिकको जीवनस्तर उठाउने एउटा आधारका रूपमा प्रदेश सरकारले पर्यटन क्षेत्रलाई लिएको सन्देशमा उनले उल्लेख गरेका छन् ।

लुम्बिनी भ्रमणमा आउने पर्यटकलाई १२ जिल्लाका महत्त्वपूर्ण पर्यटकीयस्थलमा पुर्याउन लुम्बिनी पर्यटन परिपथ बनाउनेगरी सरकारले काम थालेको बताउँदै उनले सन्देशमा ‘लुम्बिनी भूगोलमा विविधतायुक्त प्रदेश हो । हिमाल, पहाड र समथर भूभाग अनि अन्नको भण्डार पनि यहीँ छ । ‘मिनी’ नेपालको अनुभूति लुम्बिनी प्रदेशले दिएको छ ।

‘विभिन्न जातजाति, धर्म, संस्कृति, प्राकृतिक, स्रोतसाधन, जैविक विविधतालगायत क्षेत्र यहाँको पर्यटन प्रवर्द्धनका आधारस्तम्भ हुन् ‘, भनेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
चाडपर्वमा कालोबजारी नियन्त्रण गर्न आफ्नै नेतृत्वको सरकारलाई एमालेको खबरदारी

काठमाडौँ । सत्तारुढ दल नेकपा एमालेले चाडपर्वका बेला महँगी र कालोबजारी नियन्त्रण गर्न

राष्ट्रसङ्घको महासभामा जलवायु परिवर्तनको असरबारे हाम्रो कुरा संसारले सुनेको छः मुख्य सल्लाहकार रिमाल(अन्तरवार्ता)

न्युयोर्क (अमेरिका) । संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा यसपटक नेपालको प्रस्तुति र ‘इन्गेजमेन्ट’ विगतको

पार्टीमा सङ्गठनात्मक एकता आवश्यक छः महासचिव पोखरेल

काठमाडौँ । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले पार्टीमा सङ्गठनात्मक एकता आवश्यक रहेको बताएका

समानुपातिक व्यवस्था व्यवस्थित गर्न दलहरुबीच छलफल भइरहेको छः मन्त्री दाहाल

मोरङ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले विकासलाई गति दिन संविधान संशोधन