स्वस्थ प्रतिस्पर्धासहित इन्जिनियर एसोसिएसनमा आफ्ना उम्मेदवारलाई जिताउन देउवाको निर्देशन



काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपाल इन्जिनियर एसोसिएसनको निर्वाचनमा पार्टीनिकट सेन्टर फर डेमोक्रेटिक इञ्जिनियर्स नेपाल (सिडेन)को उम्मेदवालाई जिताउन एकताबद्ध भएर लाग्न आग्रह गरेका छन् ।

एसोसिएसनको ३४औँ केन्द्रीय कार्यकारिणी समितिका लागि लोकतान्त्रिक समूहको ‘बृहद् इञ्जिनियर भेला’लाई शनिबार सम्बोधन गर्दै उनले एकताबद्ध भएर सिडेनका उम्मेदवारलाई जिताउन लाग्न आग्रह गरे ।

कांग्रेस प्रजातान्त्रिक पार्टी भएकाले कुनै पनि निर्वाचनमा स्वस्थ प्रतिस्पर्धा गर्नुपर्ने बताउँदै सभापति देउवाले नेपाल इञ्जिनियर्स एसोसिएसनको निर्वाचनमा पनि स्वस्थ प्रतिस्पर्धासहित जित हासिल हुनेगरी तयारी गर्नसमेत निर्देशन दिए ।

कार्यक्रममा उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले मुलुकको विकास निर्माणको काममा जिम्मेवार भएर अघि बढ्न इञ्जिनियरहरूलाई आग्रह गरे ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ठूला जलविद्युत् आयोजनाको कामले गति लिन थालेको बताए ।

‘पञ्चेश्वर, बूढीगण्डकी, अपर अरुण जस्ता ठूलाठूला जलविद्युत् आयोजनाको कामले गति लिन थालेका छन्,’उनले भने,’यसका साथै सरकारले अधुरा आयोजनाको कामलाई सम्पन्न गर्नेगरी अघि बढाएको छ ।’

कार्यक्रममा सिडेनका अध्यक्ष इञ्जिनियर लक्ष्मण केसी, निर्वाचन परिचालन समितिका संयोजक डा जगदीशचन्द्र पोखरेल, एसोसिएसन अध्यक्ष पदका उम्मेदवार इञ्जिनियर सुवासचन्द्र बराललगायतले इञ्जिनियरबिना देशको विकास सम्भव नभएको बताए ।

उनीहरूले विदेश पलायन हुन लागेका इञ्जिनियरलाई स्वदेशमै रोजगारी प्रदान गर्नका लागि सरकारले विशेष योजना ल्याउनुपर्नेमा जोड दिए । सरकारी क्षेत्रमा प्राविधिक सचिवको कोटा काटिँदा इञ्जिनियरहरू मारमा परेको वक्ताहरूको भनाइ थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
कसैलाई जरिवाना तिराउने हाम्रो उद्देश्य होइनः मेयर साह

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले फोहोर नगरी आन्दोलन गरेकोमा शिक्षकलाई धन्यवाद

प्रधानमन्त्रीसँग प्रथम थाइ सगरमाथा आरोहीको भेट

काठमाडौं ।  थाइल्यान्डको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग आज थाइ–नेपाल मैत्री

राज्य व्यवस्था समितिले तिनकुने घटनाबारे छलफल गर्न गृहमन्त्रीलाई बोलायो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले चार हजारको भिड व्यवस्थापन गर्ने सरकार

नेपाल र थाइल्याण्डबीच आठ समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल र थाइल्याण्डबीच विभिन्न आठ समझदारीपत्रमा हस्ताक्षर भएको छ । प्रधानमन्त्री