लुम्विनीमा माओवादी नेतृत्वको सरकार अल्पमतमा, एमालेले लियो समर्थन फिर्ता



बुटवल । नेकपा एमालेले लुम्विनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । एमाले संसदीय दलका नेता लिला गिरीले मुख्यमन्त्री जोखबहादुर महरालाई पत्र पठाउँदै एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी दिएका हुन् ।

समर्थन फिर्ता लिएसँगै एमालेका मन्त्रीहरुले राजीनामा दिएका छन् । लुम्विनीमा एमालेका नेता चेतनारायण आचार्यको नेतृत्वका भुमिश्वर ढकाल, दिनेश पन्थी, अर्जुन केसी र रत्न क्षेत्री मन्त्री थिए । एमालेले समर्थन फिर्ता लिएपछि मुख्यमन्त्री महरा नेतृत्वको सरकार तीन महिना नबित्दै संकटमा परेको छ ।

माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका महरा गत चैत्र २३ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए । लुम्बिनीमा केन्द्रको समीकरण अनुसार कांग्रेस र एमाले मिल्दा पनि सहजै सरकार गठन हुन्छ । ८७ सदस्यीय प्रदेशसभामा नेकपा एमालेका २९ र नेपाली कांग्रेसका २७ गरी ५६ जनाको बहुमत जुट्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जीबी राईलाई पक्राउ गरे गृहमन्त्रीलाई संसदमै फुलमालाले स्वागत गर्छौः सांसद शाही

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीसांसद ज्ञानबहादुर शाहीले गृहमन्त्री रवि लामिछानेलाई गोरखा मिडिया नेटवर्कका

राजीनामा दिएर मार्गप्रशस्त गर्न प्रधानमन्त्रीलाई एमाले र कांग्रेसको दबाब

  काठमाडौँ । प्रधानमन्त्री पदबाट राजीनामा दिन प्रचण्डलाई संसदमै दबाब परेको छ ।

कतै सरकार टिकिहाल्छ कि भनेर प्रचण्ड अझै भ्रममा हुनुहुन्छः सांसद बजगाईं

काठमाडौं । नेपाली कांग्रेस सांसद राजेन्द्र बजगाईले बाढी पहिरो प्रभावितहरूका लागि सरकारले काम

अबिलम्ब राजीनामा दिन प्रधानमन्त्रीलाई एमालेको आग्रह

काठमाडौं । नेकपा एमालेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनमा मागेको छ । आइतबार