एकीकृत समाजवादीको महाधिवेशनमा १२ समूहका सुझाव पेस हुँदै



काठमाडौं । नेकपा एकीकृत समाजवादीको जारी १० औँ राष्ट्रिय महाधिवेशनका क्रममा राजनीतिक दस्तावेज, समाजवादी कार्यक्रम, विधान र साङ्गठनिक दस्तावेजमा आएका सुझाव आज पेस हुने भएको छ ।

बाह्र समूह बनाएर गरिएको छलफलबाट प्राप्त सुझाव आजको बैठकमा पेस गर्ने कार्यसूची छ । सम्बन्धित समूहका टोली नेताले सुझाव प्रस्तुत गरेपछि दस्तावेज परिमार्जनसहित अनुमोदन गरिनेछ ।

आजै एक हजार आठ सय ४९ प्रतिनिधि छनोट गरिएको महाधिवेशनले दुई सय ९९ सदस्यीय कार्यसमिति निर्वाचित गर्ने कार्यक्रम छ ।

एक हजार आठ सय ४९ प्रतिनिधिलाई विद्युतीय उपकरणबाट मतदानका लागि प्रशिक्षण दिइएको छ । शीर्ष नेतृत्वमा सहमतिको प्रयास भए पनि अन्य पदाधिकारी र सदस्यको निर्वाचन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मधेसका मुख्यमन्त्री सिंहलाई एमालेले विश्वासको मत दिने

धनुषा । मधेस प्रदेश सरकारका मुख्यमन्त्री शतिशकुमार सिंह नेतृत्वको सरकारलाई नेकपाले विश्वासको मत

नयाँ समीकरण नेपाली कांग्रेसको अन्तिम विकल्प होः शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले प्रधानमन्त्रीले अहिलेसम्म पनि राजीनामा दिइनसकेको

अशोक राई नेतृत्वको जसपाले लियो प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता, मन्त्रीले दिए राजीनामा

काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिएको

१९ बुँदे प्रस्ताव पारित गर्दै एकीकृत समाजवादीको महाधिवेशन सम्पन्न, पदाधिकारी र कार्यसमिति चयन बाँकी

काठमाडौं । नेकपा एकीकृत समाजवादीको दशौँ महाधिवेशनले दुईसय ९९ सदस्यीय केन्द्रीय कार्यसमितिमध्ये ९३