कांग्रेसका भातृ संगठनको महाधिवेशन गराउन निर्देशक समिति गठन



काठमाडौँ । नेपाली कांग्रेसले महाधिवेशन सम्पन्न नगरेका पार्टीका भातृ सङ्घहरूको महाधिवेशन सम्पन्न गर्न/गराउन सोमबार फरक भातृ सङ्घका लागि अधिकारसम्पन्न फरक–फरक निर्देशक समिति गठन गरेको छ ।

निर्देशक समितिले भातृ सङ्घको महाधिवेशन सम्पन्न गर्न अविलम्ब कार्यतालिका निर्माण गर्ने/गराउने छन् भने विधानमा समयानुकूल परिमार्जनदेखि आन्तरिक समस्याहरूको वस्तुगत विश्लेषण गरेर निकासका लागि आवश्यक समन्वय र सहजीकरण गर्नेछन् ।

पार्टी सभापति शेरबहादुर देउवाले निर्देशक समितिहरूलाई विसं २०८१ चैत मसान्तसम्म अनिवार्य रूपमा महाधिवेशन सम्पन्न गर्नेगरी कार्यादेश दिएको मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए । सो अवधिसम्मका लागि सङ्घका तदर्थ कार्यसमितिहरूको समयावधि थप गरिएको छ ।

पार्टी केन्द्रीय कार्यसमितिको आगामी बैठकमा अनुमोदनका लागि पेस गर्ने गरी उक्त निर्णय नेपाल विद्यार्थी सङ्घ, नेपाल तरुण दल, नेपाल महिला सङ्घ, नेपाल किसान महासङ्घ, नेपाल दलित सङ्घ, नेपाल लोकतान्त्रिक खेलकुद सङ्घ, नेपाल प्रजातन्त्र सेनानी सङ्घ, नेपाल भूतपूर्व सैनिक सङ्घ, राष्ट्रिय लोकतान्त्रिक अपाङ्गता सङ्घ र नेपाल थारू सङ्घको हकमा लागू हुने उनले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तपाईंले प्रतिवेदन पहिले पार्टीमा छलफल गरेर त्यसलाई सार्वजनिक बहसमा ल्याएको भए अलि सुल्टो हुन्थ्यो

नारायण गाउँले । मुकुलजी, योचाहिं विपक्षीलाई मसला दिने कच्चा स्टन्टजस्तो भयो । बोल्न

एकीकृत समाजवादीको महाधिवेशनमा प्रस्तुत सबै दस्तावेज अनुमोदन, नेतृत्व चयनका लागि बिहीबार मतदान

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को दशौँ राष्ट्रिय महाधिवेशनमा प्रस्तुत गरिएका विभिन्न दस्तावेज अनुमोदन

एमालेका मन्त्रीहरुले प्रधानमन्त्रीलाई बुझाए सामूहिक राजीनामा

काठमाडौं । नेकपा एमालेकातर्फबाट सरकारमा सहभागी मन्त्रीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सामूहिक राजीनामा

कांग्रेस–एमाले गठबन्धनलाई समर्थन गर्ने लोसपाको निर्णय

काठमाडौँ । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी