रातो किताब अनधिकृतरूपमा सार्वजनिक भएको  भन्दै उच्चस्तरीय छानबिन समिति गठन गर्न कांग्रेसको माग



 

गोदावरी (कैलाली) ।  नेपाली कांग्रेस संसदीय दलले सुदूरपश्चिम सरकारको आर्थिक वर्ष २०८१/८२ को वार्षिक बजेट तथा कार्यक्रम पुस्तिका (रातो किताब)सार्वजनिक भएको सन्दर्भमा उच्चस्तरीय छानबिन गठनको माग गरेको छ ।

संसदीय दलको बैठकले सरकारको वेबसाइट तथा प्रदेशसभा सदस्यलाई उपलब्ध नहुँदै रातो किताबको ‘डिजिटल कपि’ अनधिकृतरूपमा सार्वजनिक भएकामा प्रदेश सरकारको लापरबाही गरेको आरोप समेत लगाएको छ ।

संसदीय दलद्वारा जारी  विज्ञप्तिमा सरकारको लापरबाहीका कारण रातो किताब अनाधिकृत व्यक्ति मार्फत सार्वजनिक भएको उल्लेख छ  ।

विज्ञप्तिमा भनिएको छ, ‘रातो किताब सार्वजनिक भएका विषयमा सत्यतथ्य पत्ता लगाउन प्रदेश सरकारले उच्चस्तरीय छानबिन समिति गठन गर्न पार्टीले माग गर्दछ ।  रातो किताब जस्तो अतिगोपनीय र संवेदनशील दस्तावेज अनधिकृतरूपमा सार्वजनिक हुँदासमेत सरकारले मौनता बस्नु हुँदैन ।’

दलका प्रमुख सचेतक विक्रमसिंह धामीद्वारा जारी विज्ञप्तिमा यस विषयमा सरकारको आधिकारिक धारणाको माग गर्दै   छानबिन समिति गठन नगर्दा उत्पन्न हुने परिस्थितिको जिम्मेवारी सरकारले लिनुपर्ने चेतावनी समेत दिएको उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्रीले भने -गठबन्धनका दलबीच असमझदारी बढ्यो भनेर मिडिया ट्रायल गरियो, त्यसमा सत्यता छैन

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सत्तागठबन्धनमा असमझदारीका हल्ला सत्य नभएको

बीआरआईमा अनुदान लिने, ऋण स्वीकार नगर्ने कांग्रेसको अडान

काठमाडौँ । नेपाली कांग्रेसले महासमितिबाट पारित गरेको दस्तावेजलाई केन्द्रीय समिति बैठकमा लैजाने भएको

आफूलाई यो वर्ष प्रधानमन्त्री बन्छु जस्तो लाग्दैनः अध्यक्ष ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू यो वर्ष प्रधानमन्त्री नबन्ने

एकीकृत समाजवादीको महाधिवेशनका लागि १३ सदस्यीय अध्यक्ष मण्डल गठन

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले दशौँ राष्ट्रिय महाधिवेशन सम्पन्न गर्न पार्टीका सम्मानित नेता