रुसी सेनामा कार्यरत नेपालीलाई फिर्ता गर्न निरन्तर कुराकानी भइरहेको छ : परराष्ट्रमन्त्री श्रेष्ठ



काठमाडौँ । उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले रुसी सेनामा रहेका नेपालीलाई स्वदेश फिर्ता गर्न रुसी सरकारसँग निरन्तर कुराकानी भइरहेको जानकारी दिएका छन् ।

इरानको तेहरानमा भएको एसियाका ३५ देश सदस्य रहेको अन्तरसरकारी सङ्गठन ‘एसिया कोअपरेशन डाइलग (एसिडी)का विदेश मन्त्रीहरुको १९औँ बैठकमा सहभागी भई मंगलबार स्वदेश फर्कने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले रुसको विदेश मन्त्रालय र सम्बन्धित निकायसँग नेपालीलाई फिर्ताका लागि निरन्तर पहल भइरहेको बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले रुसको उपविदेशमन्त्रीसँगको भेटमा पनि आफूले रुसी सेनामा रहेका नेपालीलाई स्वदेश फिर्ताका लागि विशेष चासोका साथ कुराकानी गरेको जानकारी दिए ।

उनले भने, “नेपालीको स्वदेश फिर्ताका लागि मैले रुसका उपविदेशमन्त्रीसँगको भेटका क्रममा कुराकानी गरेँ । यसअघि पनि रुसका विदेशमन्त्रीसँग टेलिफोन वार्तामार्फत कुराकानी भएको थियो । हाम्रो मन्त्रालयका तर्फबाट त्यहाँका दूतावाससँग लगातार कुरा गरिएको छ ।”

उपप्रधानमन्त्री श्रेष्ठले मस्कोस्थित नेपाली राजदूताबासबाट रुसको विदेश मन्त्रालय र अन्य सम्बन्धित निकायसँग समन्वय गरी रुस सरकारसँग कुरा हुँदा कतिपय नेपाली अफ्ठ्यारो स्थितिमा रहेको पाइएको बताए । उनले रुसी सेनामा क्रियाशील नेपालीको वास्तविक संख्या र अवस्थाबारे बुझ्न विभिन्न माध्यमबाट पहल भइरहेको जानकारी दिए ।

“रुसले नेपालीलाई युक्रेनसँगको युद्धमा समेत पठाएको जानकारी आएपछि हामी त्यहाँको सरकारसँग लगातार वार्ता गरिरहेका छौँ । यससन्दर्भमा पहिले पनि त्यहाँका विदेशमन्त्री र दुवै देशका राजदूतावासमार्फत पहल गरिएको छ । पहिलो कुरा त रुसी सेनामा कति नेपाली छन् र उनीहरुको अवस्था कस्तो छ त्यसको जानकारी चाहियो भनेका छौँ”, उपप्रधानमन्त्री श्रेष्ठले भने ।

रुसी सेनामा रहँदा ज्यान गुमाएका नेपालीलाई अन्तिम संस्कारका लागि नेपाल पठाउन आग्रह गरिएको र ज्यान गुमाएका पीडित परिवारलाई उचित क्षतिपूर्ति तथा घाइतेको शीघ्र उपचार र उचित क्षतिपूर्ति उपलब्ध गराउन कुराकानी गरिएको पनि उनले जानकारी दिए ।

उनका अनुसार रुस र युक्रेन युद्धमा लड्दा हाल छजना नेपाली युक्रेनको नियन्त्रणमा रहेको जानकारी आएको र युद्धबन्दीअन्तर्गत नेपालीलाई प्राथमिकतामा राखेर फिर्ता गर्न भनिएको छ । उपप्रधानमन्त्री श्रेष्ठले सिद्धान्ततः रुस सरकारले सेनामा रहेका नेपाली फिर्ता गर्न सहमति जनाएको तर त्यसको मोडालिटीबारे अझै काम बाँकी रहेको जानकारी दिए ।

कुबेतले नेपालमा दूतावास खोल्ने

उपप्रधनमन्त्री तथा परराष्ट्रमन्त्री श्रेष्ठका अनुसार कुबेतले यसै वर्ष नेपालमा राजदूतावास खोल्ने जानकारी दिएको छ । कुबेतमा करिब एक लाख नेपाली कामदार कार्यरत रहेका र त्यो सङ्ख्या तीन लाखसम्म पुर्याउने जानकारी दिएको उनले बताए ।

उपप्रधानमन्त्री श्रेष्ठले अन्य मुलुकसँग पनि द्विपक्षीय सम्बन्धलाई सुदृढ गर्न र आर्थिक सहयोगका लागि छलफल तथा अन्तरक्रियालाई अगाडि बढाउनेबारे कुराकानी भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
तत्काल पार्टी एकता गर्ने पक्षमा छैनौंः प्रधानमन्त्री प्रचण्ड

चितवन । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हतारमा तत्काल वामपन्थी एकता र पार्टी एकता

मदन भण्डारीको विचारलाई जनजनमा लैजानुपर्ने महासचिव पोखरेलको भनाइ

भक्तपुर । नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले मदन भण्डारीको विचारलाई जनजनमा लैजानुपर्ने बताएका

टेरामक्स प्रविधि लागू गर्नसके राज्यको ठूलो राजस्व जोगिन्छः सांसद बस्नेत

    काठमाडौँ । नेपाली कांग्रेसका मोहनबहादुर बस्नेत बर्सेनि बाढी, पहिरो र डुबानबाट

हामीले प्रहरीलाई ध्वस्त बनाएका छौँ : पृथ्वीसुब्बा गुरुङ

काठमाडौँ । नेकपा एमालेका उपमहासचिव एवं सांसद पृथ्वीसुब्बा गुरुङले नेपाल प्रहरी र नेपाली