पर्सा वन्यजन्तु आरक्षमा भएको तितुङ हत्याको निष्पक्ष छानबिन गर्न बर्तौलाको माग



काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१४ का सुकबहादुर तितुङलाई पर्सा वन्यजन्तु आरक्षणको मध्यवर्ती क्षेत्रमा यही असार ७ गते बिनाअपराध गोली प्रहार गरी हत्या गरिएको आरोप लगाउँदै उक्त घटनाको छानबिन गर्न माग गरेका छन् ।

आइतबारको प्रतिनिधिसभा बैठकमा उनले सो घटनामा संलग्न सुरक्षाकर्मीलाई कारबाहीको दायरामा ल्याउन तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति दिन माग गरेका हुन् ।

आगामी दिनमा यस्ता घटना हुन नदिन सरकार विशेष चनाखो हुनुपर्ने प्रमुख सचेतक बर्तौलाको सुझाव थियो । मध्यवर्ती क्षेत्रमा विकास निर्माणका काम हुन नसकेको, वन्यजन्तुको आक्रमण पनि बढ्दै गएको उल्लेख गर्दै उनले समस्या समाधानका लागि तत्काल पहल थाल्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राष्ट्रपति पौडेल र प्रधानमन्त्री दाहालबीच भेटवार्ता

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच शुक्रबार बिहान भेटवार्ता

विदेशमा रहेका नेपालीलाई मतदानमा सहभागी गराउन राजनीतिक दलसँग गहन छलफल आवश्यक छः प्रमुख आयुक्त थपलिया

  काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले विदेशमा रहेका नेपाली मतदातालाई निर्वाचन

स्वच्छ छवि भएको नेतालाई नेतृत्वमा लैजान एकीकृत समाजवादीका सातै प्रदेशका अध्यक्षको सुझाव

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)को आसन्न १०औँ राष्ट्रिय महाधिवेशनमा सर्वसम्मत अध्यक्ष चयन गर्न

मुकुलजी ! सत्ताको रस पसेर होकी, सिक्नुपर्ने कुरा सिक्न समय मिलेन, अब सिक्नुहोस्

भागवत गीतामा भनिएको छः ‘कर्मण्येवाधिकारस्ते मा फलेषु कदाचन’ अर्थात् कर्ममा मात्र तिम्रो अधिकार