पार्टीभित्र विचारको कुनै मतभेद नभएको अध्यक्ष नेपालको दाबी



काठमाडौ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीभित्र विचारको कुनै मतभेद नरहेको बताएका छन् ।

सोमबार काठमाडौंमा अखिल नेपाल महिला संघ (समाजवादी) को मुखपत्र सार्वजनिक गर्दै अध्यक्ष नेपालले पार्टीको १० औं महाधिवेशन नजिकै आइरहेको अवस्थामा पार्टीभित्र विचारको कुनै मतभेद नरहेको बताएका हुन् ।

समाजवादलाई अघि बढाउने उद्देश्यका साथ पार्टी गठन भएको भन्दै अध्यक्ष नेपालले समाजवादउन्मुख मुलुक निर्माणका लागि पार्टीले पाइला चालिरहेको बताए उनले महाविधेशनमार्फत नेपाली विशेषताको समाजवादको धारणालाई व्यवस्थित गर्ने उल्लेख गरे ।

अध्यक्ष नेपालले अहिलेको व्यवस्था र संविधान अनुसारको संरचनाबाट केही बिकृतिहरु पैदा भएकाले त्यसलाई सुधार गर्दै अघि बढ्नुपर्ने बताए ।

उनले आफूहरुसँंग बिचार मिल्ने र सहकार्य गर्न चाहनेहरुलाई साथ लिएर अघि बढ्न चाहेको र त्यसका लागि सक्दो पहलकदमी लिदै आएको जिकिर गरे ।

त्यस्तै नेकपा एकीकृत समाजवादीका सम्मानीत नेता झलनाथ खनालले नेपालको कम्युनिष्ट आन्दोलनले समाजवादलाई अघि बढाउन नसकेकाले आफ्नो पार्टीले समाजवादी कार्यक्रमलाई अघि बढाउने बताए ।

उनले महाधिवेशनमा पार्टीको बिभिन्न दस्तावेजहरुलाई परिस्कृत गर्दै पारित गर्ने दावी गरे । उनले सहमतिका साथ नेतृत्व निर्माण गर्नुपर्ने बताए । उनले श्रमजिवी महिलाहरुसंग पार्टी पुर्याउन नसके कुनै पनि क्रान्ति सम्भव नरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
मदन भण्डारी राष्ट्रिय पुरस्कार चिया बगान केन्द्रलाई

काठमाडौँ । मदन भण्डारी फाउण्डेशनले २०८० सालको मदन भण्डारी राष्ट्रिय पुरस्कार पाँचथरको कञ्चनजङ्गा

लागुऔषधको अवैध ओसारपसार र सेवन अन्त्यका लागि विशेष योजना बनाउन सुरक्षा निकायलाई गृहमन्त्रीको निर्देशन

काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेले लागुऔषधको अवैध ओसारपसार र सेवन अन्त्यका

महानगर उपप्रमुख डंगोलसँग ल्हासा नगरका प्रतिनिधि मण्डलको भेट

काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले, विश्वव्यापी महामारीका समयमा चीनको ल्हासा नगरले

अल्पविकसित देशको श्रेणीबाट स्तरोन्नति हुन चीनले नेपाललाई थप सहयोग गर्ने राष्ट्रपति पौडेलको अपेक्षा

  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसँग चीनका उपविदेशमन्त्री सुन वेइतोङले शिष्टाचार भेट गरेका