रीतबहादुर खड्का क्रान्तिकारी नेताः प्रधानमन्त्री



काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रीतबहादुर खड्का क्रान्तिकारी र गतिशील नेता भएको बताएका छन् ।

सहिद रीतबहादुर खड्काको स्मृति दिवसका अवसरमा आइतबार नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा पार्टी अध्यक्ष दाहालले आफ्नो जीवनकालमाखड्काले उल्लेखनीय प्रगति गरेको बताए ।

“रीतबहादुर खड्का क्रान्तिकारी र गतिशील नेता हुनुहुन्थ्यो, उहाँले छोटो समयमा राम्रो प्रगति गर्नुभएको थियो”, प्रधानमन्त्री दाहालले भने, “उहाँ सम्भावनायुक्त नेता हुनुहुन्थ्यो, हरेक जिम्मेवारी कुशलतापूर्वक पूरा गर्नुहुन्थ्यो । उहाँको सहादतबाट अपूरणीय क्षति भयो ।”

सहिद खड्काको जीवनबाट निष्ठा र प्रेरणा लिनुपर्ने बताउँदै प्रधानमन्त्री दाहालले उनलाई देश र पार्टीले सधैँ स्मरण गरिरहने बताएको प्रधानमन्त्रीको निजी सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
दिगो वन व्यवस्थापनमार्फत विदेशी काठ आयात प्रतिस्थापन गरिने

  काठमाडौँ । वन तथा वातावरणमन्त्री नवल किशोर साह सुडीले दिगो वन व्यवस्थापनमार्फत

टुक्राटुक्रा गरेर उत्पादनशील भूमि मासिन्छ, अनि कसरी मुलुक समृद्ध हुन्छ ?

काठमाडौँ । राष्ट्रियसभाको बैठकमा सांसदहरुले वृद्धभत्ताका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गर्दा नागरिकलाई सास्ती

आन्दोलनरत चुरेवासीको माग सम्बोधन गर्न सांसद पौडेलको माग

काठमाडौं । नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले चुरे संरक्षणको माग राख्दै लामो समयदेखि

पर्सा वन्यजन्तु आरक्षमा भएको तितुङ हत्याको निष्पक्ष छानबिन गर्न बर्तौलाको माग

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१४ का सुकबहादुर