कोशी प्रदेशको नाम खारेजीको माग गर्दै राष्ट्रिय मुक्ति क्रान्तिद्वारा विराटनगरमा प्रदर्शन


विराटनगर । कोशी नाम खारेजी र प्रदेशको पुनः संरचनाको माग राख्दै राष्ट्रिय मुक्ति क्रान्तिले पूर्वी नेपालको विराटनगरमा प्रदर्शन गरेको छ ।

शनिबार राजेन्द्र महतो संयोजक रहेको राष्ट्रिय मुक्ति क्रान्ति पूर्वी कमाण्डले प्रदेशको संरचना पुनः संशोधन गर्नुपर्ने माग गर्दै प्रदर्शन गरेको हो ।
कोणसभालाई सम्बोधन गर्दै राष्ट्रिय मुक्ति क्रान्ति मोर्चाका संयोजक राजेन्द्र महतोले कोशीले पहिचान मागेको नभई लिम्बू, खम्बु, कोचिला, मधेशका जनताले पहिचान मागेको बताए ।

महतोले राष्ट्रिय मुक्ति क्रान्तिले शान्तिपूर्ण आन्दोलन गर्दै नेपाललाई सबै नेपालीको राज्यको रुपमा स्थापित गर्ने उनको भनाइ थियो ।
अहिलेसम्म सात वटा संविधान बनेका भएपनि नेपाली जनताले आफ्नो पहिचान र अधिकार नपाएको उनको भनाइ थियो ।