एमाले तनहुँको अध्यक्षमा कँडेल निर्वाचित


दमौली । नेपाल कम्युनिष्ट पार्टी (एमाले) तनहुँको अध्यक्षमा हरिराज कँडेल विजयी भएका छन् । मङ्गलबार राति सम्पन्न अन्तिम मतपरिणामअनुसार २ सय ९२ मतका साथ कँडेल अध्यक्षमा निर्वाचित भएका हुन् ।

कँडेलका प्रतिस्पर्धी विष्णुभक्त सिग्देलले २ सय ४ मत प्राप्त गरेका निर्वाचन कमिटीका अध्यक्ष पदमलाल लामिछानेले जानकारी दिए । यसैगरी, उपाध्यक्षमा राजेश्वर ढकाल, सचिवमा प्रदीपराज अधिकारी, उपसचिव खुलामा खिमबहादुर कुमाल, उपसचिव महिलामा सुनिता नेपाली विजयी भए ।

अधिवेशनले ९९ सदस्यीय जिल्ला कमिटी र पाँच सदस्यीय लेखा कमिटी निर्वाचित गरेको छ । ५ सय ८५ मतदातामध्ये ५ सय ६० जनाले मतदान गरेका थिए ।