प्रधानमन्त्रीसँग वार्ता गर्न एकीकृत समाजवादीले बनायो कमिटी


काठमाडौं । नेकपा (एकीकृत समाजवादी) नयाँ समीकरणमा सहभागी हुन शर्त अघि सारेको छ । बुधबार बसेको सचिवालय बैठकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्न अध्यक्ष माधवकुमार नेपालको नेतृत्वमा उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाललाई जिम्मेवारी दिएको पार्टी प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । बैठकले वार्ता कमिटी गठन गरेलगत्तै नेपाल, हमाल र भुसाल प्रधानमन्त्रीसँग छलफल गर्न बालुवाटारतर्फ हिँडेका छन्।

खतिवडाका अनुसार सरकारमा जान एकीकृत समाजवादी सकरात्मक रहेको बताए। उनका अनुसार प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले नयाँ समीकरणमा आउन प्रस्ताव गरेपछि केही सर्त राखेर एकीकृत समाजवादी सकरात्मक रहेको बताए।

उनले देशको आर्थिक संकटको समाधान, राष्ट्रहितको रक्षा, भ्रष्टाचारको अन्त्य, सूशासन स्थापना गर्ने, महँगी नियन्त्रण र सन्तुलित परराष्ट्र सम्बन्ध कायम गर्न एक पटक छलफल गरेपछि मात्रै आवश्यक निर्णय गर्नेगरी वार्ता कमिटी गठन गरिएको बताए ।