काठमाडौँ । अमेरिकी उपसहायक विदेशमन्त्री अफरीन अख्तर नेपाल आएकी छन् । नेपाल, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्सका लागि दक्षिण तथा मध्य एसियाली मामिला ब्यूरो हेर्ने अमेरिकी उप–सहायक विदेश मन्त्री अख्तर नेपाल भ्रमणमा आएकी हुन् ।
नेपालस्थित अमेरिकी दूतावासका अनुसार आफ्नो भ्रमणका क्रममा मन्त्री अख्तरले नेपालमा सरकारी अधिकारी, नागरिक समाजका प्रतिनिधि र अमेरिकन चेम्बर्स अफ कमर्स नेपालको सदस्यलगायत उच्चस्तरीय भेटघाट गर्नेछिन् ।
भ्रमणका क्रममा उनले नेपालमा संयुक्तराज्य अमेरिका र नेपाल बीचको द्विपक्षीय सम्बन्धले शिक्षा, स्वास्थ्य, मानवअधिकार, लोकतन्त्रको विकास र नेपालको पारस्परिक आर्थिक समृद्धिलाई अगाडि बढाउन सक्छ भन्ने विषयमा छलफल गर्ने दूतावासले जनाएको छ ।

प्रतिक्रिया