काठमाडौं । नेपाली कांग्रेसमा उपसभापति धनराज गुरुङले महासमिति पार्टीको सर्वोच्च निकाय भएकाले जनतामैत्री नीति र विधि बनाउनुपर्ने बताएका छन् । सोमबार ललितपुरको गोदावरीमा शुरु भएको महासमिति बैठकको उद्घाटन समारोहमा उनले प्रजातान्त्रिक समाजवादले रुखको फेद बसेर मलजल गर्ने र टुप्पोमा बसेर फल खानेहरुबीचको खाडलको अन्त्य गर्नुपर्ने बताए ।
उनले क्रोनिक क्यापिटलिज्मले गर्दा नेता व्यापारिक जस्ता देखिएकाले क्रोनिक क्यापिटिलीजम्म विरुद्ध उत्रिनुपर्ने बताए । महासमिति बैठक नीति महाधिवेशन पनि भएकाले संगठनका विषयहरुमा घनीभूत छलफल गर्नुपर्ने बताए ।
उनले भने,‘हामी जनतामा मालिक होइनौं । सेवक हौं भन्ने विषयमा एकमत हुनुपर्छ ।’ उपसभापति गुरुङले आगामी महाधिवेशनको मिति तयको बहस महासमिति बैठकमै उठ्नुपर्ने बताउँदै कांग्रेसबाट विजयी भएका वडाध्यक्षदेखि मन्त्रीहरु सबैको सम्पत्ति छानबिन गर्नुपर्ने माग गरे ।

प्रतिक्रिया