सत्ता गठबन्धनको बैठक बस्दै


काठमाडौं । राष्ट्रियसभा निर्वाचन र संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति खोज्न सत्ता गठबन्धनको बैठक बस्दैछ । आज बहिान प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्दैछ ।

बैठकमा राष्ट्रिय सभा निर्वाचनको तयारी र संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका विषयमा छलफल हुने बताइएको छ । राष्ट्रिय सभा निर्वाचनमा गठबन्धनका नेतालाई जिताउने विषय र संक्रमणकालीन न्यायसम्बन्धी विधेयकका बारेमा बैठकमा छलफल हुने प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

संसदको कानुन, न्याय तथा मनव अधिकार समितिमा टिआरसी विधेयकबारे पटक पटक छलफल भइसकेको छ । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले यसअघि नै आगामी अधिवेशनबाट टिआरसी विधेयक पारित हुने बताइसकेका छन् ।