अब गणतन्त्रलाई कसैले मास्न सक्दैन : अध्यक्ष नेपाल



 

वीरगञ्ज । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले नेपाली जनताले अब कुनै पनि राजा वा महाराजालाई नस्वीकार्ने बताएका छन् ।

नेकपा (एकीकृत समाजवादी) पर्साद्वारा सोमबार वीरगंजमा आयोजित पार्टी प्रवेश कार्यक्रममा अध्यक्ष नेपालले नेपाली जनताको बलिदान र त्यागबाट प्राप्त भएको गणतन्त्र बलियो भइसकेकाले अब कुनै पनि राजा वा महाराजा स्वीकार्य नहुने बताएका हुन् ।

“हामीले सङ्घर्ष गरेर ल्याएको गणतन्त्र बलियो भइसक्यो”, उनले भने, “अब गणतन्त्रलाई कसैले मास्न सक्दैन ।” संविधानमा केही त्रुटी भएको र त्यसमा सुधार ल्याएर अघि बढ्नु जरुरी रहेको उनले बताए । शिथिल बनेको मुलुकको अर्थतन्त्रलाई चलायमान बनाउन अहिलेको भन्सार नीतिमा सुधार ल्याउनुपर्नेमा जोड दिँदै उनले उद्योगी व्यवसायीलाई सहुलियत प्रदान गर्नुपर्ने बताए ।

अर्थतन्त्रलाई मजबुत बनाउन कृषिमा आधुनिकीकरण आवश्यक रहेको उल्लेख गर्दै अध्यक्ष नेपालले कृषि उत्पादनलाई उद्योगसँग जोड्न सकिए मुलुकको अर्थतन्त्रले फड्को मार्ने र बेरोजगारी समस्या समाधान हुने दाबी गरे ।

विभिन्न पार्टी परित्याग गरेका नेता कार्यकर्तालाई अध्यक्ष नेपालले अबिर, माला लगाएर पार्टी प्रवेश गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संसद्को अवहेलनामा गृहमन्त्रीलाई कारबाही गर्न सभामुखलाई धनराज गुरुङको पत्र

काठमाडौँ । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि संसद्को

सभामुख पार्टी विशेषको कार्यकर्ता जस्तो भएर प्रस्तुत हुनु अशोभनीयः कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिपक्षीको नाराबाजीकाबीच

सहकारी ठगीको विषयलाई सदन र सडकबाट थप चर्काउने विपक्षी दलहरुको निर्णय, सभामुखले मर्यादा बिर्सिएको ठहर

काठमाडौं । नेपाली कांग्रेससहित विपक्षी दलहरूले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न

कांग्रेसलगायत विपक्षी दलहरुको विरोधकाबीच प्रधानमन्त्रीले पाए विश्वासको मत

काठमाडौं । नेपाली कांग्रेससहित विपक्षी दलहरूको नाराबाजीबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत