काठमाडौं । नेकपा एमालेले रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया भाषा परीक्षालाई लिएर भएको प्रदर्शनमा प्रहरी दमनको विरोध गरेको छ । शुक्रबार एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले शुक्रबार विज्ञप्ति जारी गरी दुई जनाको मृत्यु तथा दर्जनौं घाइते हुने गरी भएको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् ।
एमालेले घाइतेहरुको उपचार गर्नुका साथै क्षतिपूर्तिको व्यवस्था गर्न सरकारसँग माग गरेको छ । विज्ञप्तिमा भनिएको छ, ‘प्रदर्शनकारीहरुलाई शान्तिपूर्ण र वैधानिक बाटोबाट समस्याको समाधान खोज्न अपील गर्दर्छौं ।’


प्रतिक्रिया