कांग्रेसको मधेस प्रदेश सम्मेलन जनकपुरमा सुरु



जनकपुरधाम । नेपाली कांग्रेसको प्रथम मधेस प्रदेश सम्मेलन सुरु भएको छ । भोलिसम्म चल्ने सम्मेलनमा आठ वटै जिल्लाका प्रतिनिधि सहभागी भएका पार्टीका मधेस प्रदेश महामन्त्री बृहस्पति कृष्ण श्रेष्ठले जानकारी दिए ।

स्थानीय तिरहुतीयागाछी मैदानमा आयोजित सम्मेलनको पार्टी सभापति शेरबहादुर देउवाले उद्घाटन गरेका छन् । सम्मेलनमा उपसभापतिद्वय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा र सहमहामन्त्रीहरू सहभागी छन् ।

मधेस प्रदेशका आठ जिल्लाका आठ सय २५ जना प्रतिनिधिको सहभागिता रहने सम्मेलनका क्रममा प्रदेश समितिको राजनीतिक, साङ्गठनिक, आर्थिक प्रतिवेदनमाथि छलफल गरिने प्रदेश सभापति कृष्णप्रसाद यादवले जानकारी दिए ।

सम्मेलन सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढ गर्न विविध सवालमाथि गम्भीर छलफल गरी महत्वपूर्ण सन्देश प्रवाह गर्न सफल हुने विश्वास मधेस प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्रीसमेत रहेका सभापति यादवले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
संविधानमा रहेका कमजोरीको समीक्षा र सुधार हुनुपर्छः पूर्वसभामुख ढुङ्गाना

काठमाडौँ । पूर्वसभामुख तथा संविधानविद् दमननाथ ढुङ्गानाले संविधानमा रहेका कमजोरीको समीक्षा र सुधार

सरकारको नीति तथा कार्यक्रम जेठ १ गते संसदमा प्रस्तुत हुने

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम आगामी जेठ १ गते

कोशीमा नवनियुक्त मुख्यमन्त्री र दुई मन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेशका नवनियुक्त मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेश प्रमुख परशुराम खापुङबाट शपथ

उपेन्द यादवले पार्टी कब्जा गरेर आफ्नो मुठ्ठीभित्र राख्ने प्रयास गरेकाले पार्टी विभाजनः अशोक राई

काठमाडौं । जनता समाजवादी पार्टीको अध्यक्ष अशोक राई पक्षले उपेन्द यादवले महाधिवेशन नै