पूर्वमन्त्री न्यौपानेको निधन



मान्म (कालीकोट) । पूर्वसूचना तथा सञ्चार सहायक राज्यमन्त्री यज्ञराज न्यौपानेको निधन भएको छ । कलेजो रोगले ग्रसित न्यौपानेको उपचारका क्रममा बुधबार बिहान ४ बजे भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा निधन भएको हो ।

मिर्गौला रोगपीडितसमेत रहेका पूर्णमन्त्री न्यौपानेको उपचारका क्रममा अस्पतालमै निधन भएको उनका आफन्त अधिवक्ता उमाकान्त न्यौपानेले जानकारी  दिए ।

उनका अनुसार न्यौपानेको तीन महिनादेखि भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्रमा उपचार भइरहेको थियो । दुई छोरा र तीन छोरी रहेका न्यौपानेका एक छोरा दुबईमा रहेकाले उनी दुबईबाट नेपाल फर्केपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने न्यौपानेले जानकारी दिए ।

विसं २०५१ मा कालीकोटमा नेकपा (एमाले)बाट प्रतिनिधिसभामा निर्वाचित न्यौपाने सूचना तथा सञ्चार सहायक राज्यमन्त्री भएका थिए । कालीकोटको रास्कोट नगरपालिका–८ को फुकोट गाउँमा जन्मिएका न्यौपाने साविकको फुकोट गाउँ विकास समितिको अध्यक्षमा समेत निर्वाचित भएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
शीतल निवासमा राष्ट्रपति पौडेल र प्रधानमन्त्रीबीच भेटवार्ता

  काठमाडौँ ।  राष्ट्रपति रामचन्द्र पौडेलसँग प्रधानमन्त्री पुष्पकमल दाहालले भेट गरेका छन् । 

पूर्णसमानुपातिक संसद बनाउने गरी राजनीति प्रणाली फेर्नुपर्छः बाबुराम भट्टराई

त्रिवेणी (नवलपरासी) । पूर्वप्रधानमन्त्री एवम् नेपाल समाजवादी पार्टीका संयोजक डा बाबुराम भट्टराईले अर्थतन्त्र

गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठनमा प्रधानमन्त्री सकारात्मक

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति गठनका लागि

प्रधानमन्त्री र कांग्रेस नेताहरु छलफलमा

काठमाडौं । सहकारी ठगी प्रकरणमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि