राप्रपाले अब सडक संघर्षलाई प्राथमिकता दिन्छः अध्यक्ष लिङ्देन



काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो पार्टीको एजेण्डाको पक्षमा जनमत बढ्दै गएको बताएका छन् ।

आइतबारदेखि सुरु भएको पार्टीको केन्द्रीय कार्यसमितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले भ्रष्टाचारका हरेक काण्डमा अन्य दलका नेताहरूको संलग्नता देखिनाले राप्रपाको एजेण्डाको पक्षमा जनमत बढ्दै गएको बताएका हुन् ।

उनले भने, ‘भ्रष्टाचारका हरेक काण्डमा अन्य दलका नेताहरूको संलग्नता देखिनुले राजनीतिप्रति वितृष्णा पैदा भएको छ । त्यसैले हाम्रो पार्टीको एजेण्डाको पक्षमा जनमत बढ्दै गएको छ ।’

उनले सबै दलका नेताहरु मिसन ८४ भनेर हिँडिरहेका अवस्थामा राप्रपालाई मिसन ८४ कुर्ने छुट नभएको बताए । उनले राप्रपाले जनता, शुभेच्छुक, शुभचिन्तकको परिवर्तनको चाहना र देशको अवस्थालाई ध्यान दिई सडक संघर्षलाई प्राथमिकता दिने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
राजनीतिक अस्थिरताले विकास निर्माणको काम हुन सकेन : अध्यक्ष ओली

  काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक अस्थिरताका कारण विकास

सुशासनका लागि विधिको शासनसँगै ध्यानयोग पनि आवश्यक : उपप्रधानमन्त्री श्रेष्ठ

  काठमाडौँ ।  उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले मुलुकमा सुशासन कायम गर्न कानुन

जिबी राई चाँडै पक्राउ पर्छन्ः गृहमन्त्री लामिछाने

चितवन । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले संसद्मा बोल्न पाउने आफ्नो अधिकार हनन

गगनलाई रविको चुनौतीः मैले ऋण लिन निवेदन दिएको प्रमाणित भए राजनीति छाड्छु, नभए तपाईं छाड्ने हो ?

काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कांग्रेस महामन्त्री गगन थापालाई सहकारीबाट आफूले