राप्रपा केन्द्रीय कार्यसमितिको बैठक सुरु, पार्टीको भावी कार्यदिशा सम्बन्धमा अध्यक्ष लङ्देनको ब्रिफिङ



 

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको तीन दिने बैठक आजबाट सुरु भएको छ । बैठक यही पुस ३ गतेसम्म जारी रहने छ ।

काठमाडौँको धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा अहिले बिहान केहीबेर अघिदेखि बैठक सुरु भएको पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार अहिले बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समिक्षा, पार्टीको रणनीति र भावी कार्यदिशा सम्बन्धमा ‘ब्रिफिङ’ गरेका छन् ।

त्यसपछि कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत हुने कार्यतालिका रहेको छ । यसैगरी तीन दिने बैठकमा भूगोल केन्द्रीत कार्यक्रमको समिक्षा र समूहगत छलफल हुने, पार्टीले निकट भविष्यमा सञ्चालन गर्ने तथा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पारित गरी अनुमोदनका लागि अनुमति प्रदान गरेको आन्दोलन सम्बन्धि प्रस्तावमाथि पनि छलफलका लागि पेश हुने प्रवक्ता एवं प्रचार विभाग प्रमुख श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक बस्दै

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को स्थायी कमिटी बैठक आजपनि बस्दैछ

लोभी पापीले पार्टी फुटाउँदैमा युद्ध जितेको सोच्नु दिवा स्वप्ना मात्रै होः अध्यक्ष यादव

जनकपुरधाम । जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले अतृप्त आत्मा र स्वार्थीहरुको

जनताले तिरेको करबाट सुविधा लिएर राष्ट्रपतिको सल्लाहकार भएको व्यक्तिले नेपालको राष्ट्रियता विपरीत किन बोल्छ ?

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपालको नयाँ नक्सा नोटमा समावेश

गृहमन्त्रीले जीबी राईसँग मिलेर सहकारी ठगेका यथेष्ट प्रमाण सरकारसँगै छः महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सहकारी ठगीमा गृहमन्त्री रवि लामिछानेका संलग्नताका