आइतबारदेखि राप्रपा केन्द्रीय कार्यसमितिको बैठक



 

काठमाडौँ ।  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को केन्द्रीय कार्यसमितिको बैठक आइतबारदेखि काठमाडौँमा सुरु हुने भएको छ ।

बैठक राजधानीको धुम्बाराहीस्थित एसआर बैङ्क्वेटमा बिहान ८ बजेदेखि सुरु हुने सो पार्टीका प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार आउँदो पुस ३ गतेसम्म जारी रहने उक्त बैठकमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले समसामयिक राजनीतिक परिस्थितिको समिक्षा, पार्टीको रणनीति र भावी कार्यदिशा सम्बन्धमा ‘ब्रिफिङ’ गर्ने तथा सचिवालय र कोषाध्यक्षको प्रतिवेदन प्रस्तुत हुने कार्यतालिका रहेको छ ।

यसैगरी तीन दिने बैठकमा भूगोल केन्द्रित कार्यक्रमको समिक्षा र समूहगत छलफल हुने, पार्टीले निकट भविष्यमा सञ्चालन गर्ने तथा केन्द्रीय कार्यसम्पादन समितिको बैठकले पारित गरी अनुमोदनका लागि अनुमति प्रदान गरेको आन्दोलन सम्बन्धि प्रस्तावमाथि पनि छलफलका लागि पेश हुने प्रवक्ता एवं प्रचार विभाग प्रमुख श्रेष्ठले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
जसपाबाट प्रदीप यादव स्वास्थ्य र हसिना खान राज्यमन्त्री नियुक्त

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी सरकारबाट बाहिरिएपछि अशोक राई नेतृत्वको

फौजदारी आरोप लगाएपछि सदनमा जवाफ दिन त पाउनुपर्छः गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले आफूले एक पटक सदनमा बोल्न पाउनुपर्ने

जसपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ

सभामुखलाई देउवाले भने-प्रतिपक्षीको आवाजलाई नजरअन्दाज नगरियोस्

    काठमाडौं ।  सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको तयारीबारे सभामुख