अब कांग्रेसले कुनै प्रकारको भ्रष्टाचारलाई प्रश्रय दिने छैनः शेखर कोइराला



विराटनगर । नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले नेपालमा बढिरहेको भ्रष्टाचारबारे विदेशी समेत अचम्मित हुन थालेको बताएका छन् । ‘आजभोलि हरेक विदेशी भेट्दा किन तिम्रो देशमा हरेक कुरामा भ्रष्टाचार हुन्छ भनेर सोध्छन् । के जवाफ दिने?’कोइरालाले भने ।

कोइरालाले मुलुक भ्रष्टाचारमा चुर्लुम्म डुबेको भन्दै विदेशीका अगाडि शिर झुकाएर हिँड्नु पर्ने अवस्था सिर्जना भएको बताएका छन् । भ्रष्टाचारमुक्त समाज निर्माणमा आफू कति पनि नडगमगाउने प्रतिबद्धता समेत कोइरालाले गरे ।

भ्रष्टाचारको अन्त्य नभएसम्म जति भाषण गरेपनि देश विकास नहुने कोइरालाको तर्क थियोे । नेपाली कांग्रेस धनपालथान गाउँपालिकाले मोरङको ललियामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै नेता कोइरालाले भने– ‘अहिलेसम्मको कांग्रेस कसरी चल्यो म त्यता जान्न तर अब कांग्रेसले कुनै प्रकारको भ्रष्टाचारलाई प्रश्रय दिने छैन।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
आज बस्ने भनिएको कांग्रेस संसदीय दलको बैठक सर्‍यो

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको बैठक सरेको छ । यसअघि कांग्रेसले सोमबार

झुट प्रधानमन्त्रीले बोल्नुभो कि गृहमन्त्रीले ?

प्रदीप पौडेल । सहकारी ठगी प्रकरणमा आरोपित फरार व्यक्तिलाई लिएर एउटै सरकारका प्रधानमन्त्री

नेपाली कांग्रेसको संसदीय दलको बैठक बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दल कार्यसमिति र संसदीय दलको

कोशीका मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आज विश्वासको मत लिँदैछन् । प्रदेश