विदेशी पर्यटक नेपाल ल्याउन रेल र सुरुङमार्ग आवश्यकः अध्यक्ष ओली



नुवाकोट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशलाई कंगाल बनाएर ढुकुटी भर्ने कमिसनको खेल बन्द गर्न गठबन्धन सरकारलाई आग्रह गरेका छन् ।

पार्टीले सञ्चालन गरेको झुलाघाट चिवाभन्जाङ्ग स्थलगत यात्राका क्रममा आइतबार नुवाकोट पुगेका अध्यक्ष ओलीले एनसेलको सेयर खरिदबिक्री प्रकरणमा ठूलो आर्थिक अपराध भइरहेको बताए ।

उनले आर्थिक अपराधको खेल नेकपा एमाले र नेपाली जनतालाई मान्य नहुने बताए । आगामी सन् २०२७ मा नेपाल सरकारलाई हस्तान्तरण गर्नुपर्ने कम्पनीले कर छल्न कम्पनी अर्कालाई बेचेको नाटक गरिएको अध्यक्ष ओलीले बताए ।

अध्यक्ष ओलीले विदेशी पर्यटक नेपाल ल्याउन रेल र सुरुङमार्ग आवश्यक रहेको बताए । उनले नेपाल र नेपालीको हितमाभन्दा अहिलेको सरकार आफ्नै हितमा केन्द्रित रहेको आरोप लगाए ।

उनले मध्यपहाडी लोकमार्ग स्तरोन्नति गर्ने विषयमा एमालेको गम्भीर ध्यान गएको बताए । हरेक क्षेत्रको विकास र विस्तार तीव्र गतिमा हुनुपर्नेमा अहिलेको सरकार कानमा तेल हालेर बसेको ओलीको आरोप थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारी ठगी छानबिन गर्न संसदीय समिति गठन गर्ने चार दलबीच सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसदको गतिरोध अन्त्य गर्न संसदीय

संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या

संसदीय समिति गठनमा सहमति जुटाउन चार दल प्रधानमन्त्री निवासमा छलफलमा

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको मागमा

वैदेशिक रोजगारीमा गएकाको अधिकार सुरक्षित गर्नुपर्नेमा देउवाको जोड

  काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा गएका