चुनावअघि गठबन्धन गर्नु हुँदैनः कोइराला



काठमाडौं । नेपाली काङ्ग्रेसका नेता डा.शेखर कोइरालाले पछिल्लो समय जनस्तरमा देखिएको आक्रोस व्यवस्थाप्रति नभएको बताएका छन् । शुक्रबार रीता शाहीद्वारा लिखित ‘चिनारी’ नामक दोस्रो गजल संग्रह विमोचन कार्यक्रममा कोइरालाले राजनीतिक दलका नेताहरुको गतिविधिका कारण आक्रोस पैदा भएको बताए ।

उनले भने, ‘युवाहरु निरास भएको अवस्था छ । देशमा देखिएको आक्रोस व्यवस्था प्रति होइन, हाम्रै क्रियाकलापका कारण जन्मिएको हो । जुन गलत कामहरु भइरहेका छन्, त्यसप्रतिको आक्रोस हो । यसलाई नेपाली काङ्ग्रेस मात्रै होइन, सबै राजनीतिक दलले समयमै बुझेर नियन्त्रण गर्न सके व्यवस्थालाई कुनै असर गर्दैन ।’त्यसका आफ्नो व्यवहार, आचरणलाई परिवर्तन गर्न आवश्यक रहेको उनले बताए ।

कोइरालाले कम्युनिस्ट पार्टीसँग गठबन्धनलाई निरन्तरता दिए कांग्रेस पार्टी विस्तारै सकिने बताए । कोइरालाले अहिलेको व्यवस्थामा गठबन्धन आवश्यक भएपनि चुनावपछि मात्रै गठबन्धन गर्नुपर्नेमा जोड दिए ।

देश परिवर्तन गर्नु छ भने, नेपाली काङ्ग्रेसलाई परिवर्तन गर्दै जानुपर्नेमा जोड दिंदै कोइरालाले भने, ‘यसो गर्न सक्यो भने मात्रै देश परिवर्तन हुन्छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारी ठगी छानबिन गर्न संसदीय समिति गठन गर्ने चार दलबीच सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसदको गतिरोध अन्त्य गर्न संसदीय

संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या

संसदीय समिति गठनमा सहमति जुटाउन चार दल प्रधानमन्त्री निवासमा छलफलमा

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको मागमा

वैदेशिक रोजगारीमा गएकाको अधिकार सुरक्षित गर्नुपर्नेमा देउवाको जोड

  काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा गएका