काठमाडौं । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसलाई सोधेरै समाजवादी मोर्चा गठन भएको बताएका छन् । सोमबारको पार्टीको केन्द्रीय समिति बैठकमा उपसभापति खड्कालेल पुस १० गते राति गठबन्धन पुर्नस्थापित गर्दै तीन दलीय मोर्चा बनाउने सहमति भएको बताएका छन् ।
उनले भने, ‘पुस १० मा भत्किएको गठबन्धन पुनःस्थापना गर्ने बालुवाटारमा चार दलका त्यो छलफलमा प्रधानमन्त्री प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चा बनाउने सहमति भएको छ भनेर जानकारी गराउनुभएको हो ।’
उपसभापति खड्काले प्रधानमन्त्रीले भनेजस्तै कांग्रेसलाई थाहा भएर मोर्चा बनेको बताए । उनले भने, ‘प्रधानमन्त्रीजीले एउटा अन्तर्वार्तामा कांग्रेसको सहमतिमा मोर्चा बनायौं भन्नुभएको छ । कांग्रेसले यसै रूपमा बुझ्नुपर्छ ।’

प्रतिक्रिया