महराले भने-मविरुद्ध दुरायसपूर्ण तरिकाले समाचार प्रकाशित गरियो, भ्रममा नपर्नु


काठमाडौँ । पूर्वसभामुख कृष्णबहादुर महराले ‘सुन तस्करसँग पूर्व सभामुख महराका बाउछोराको कनेक्सन’ भन्ने समाचार राजनीतिक पूर्वाग्रहमा आधारित रहेको बताएका छन् ।

आइतबार विज्ञप्ति जारी गरी महराले समाचार राजनीतिक पूर्वाग्रहमा आधारित रहेको र समाचारमा सत्यता नभएको बताएका हुन् । चिनियाँ नागरिक वाङसँग पहिलेदेखि नै सामान्य चिनजान भएको र उनले आफूलाई फलफूल व्यापारीको रूपमा चिनाएको महराले उल्लेख गरेका छन् । उनको अरू व्यापार र कामबारे कुनै जानकारी र सम्बन्ध नरहेको पनि बताएका छन्।