राष्ट्रियसभाको बैठक बस्दै नबसी स्थगित


काठमाडौं । आज बस्ने भनिएको राष्ट्रिय सभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । आज बिहान ११ बजे बस्ने तय गरिएको बैठक मंगलबारलाई सारिएको संसद् सचिवालयले जनाएको छ ।

आज तोकिएको समयमा ‘विशेष कारणवश’ बैठक बस्न नसक्ने भएकाले भोलिलाई सारिएको संसद् सचिवालयले जारी गरेको सूचनामा उल्लेख छ । प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै बुधबारदेखि राष्ट्रिय सभाको बैठक नेकपा एमालेले अवरुद्ध गर्दै आएको छ ।