काठमाडौं । नेकपा एमालेका सांसद रघुजी पन्तले राष्ट्रपति र उपराष्ट्रपतिले सल्लाहकार राखेर जनताले तिरेको करको दुरुपयोग गरेको बताएका छन् ।
आइतबारको प्रतिनिधिसभा बैठकमा उपराष्ट्रपति कार्यालयको खर्च कटौतीसम्बन्धी प्रस्ताव पेस गर्दै सांसद पन्तले राष्ट्रपति र उपराष्ट्रपतिको सल्लाहकार सरकार भएकाले अरु सल्लाहकार आवश्यक नभएको बताएका हुन् । उनले उपराष्ट्रपतिलेसमेत विदेश मामिलामा सल्लाहकार राखेको भन्दै आपत्ति जनाए ।
‘भारतमा राष्ट्रपतिले सल्लाहकार राख्ने चलन छैन । हामीले सल्लाहकार राख्नसक्ने कानुन बनाएर सुरुदेखि नै गल्ती गर्यौं । राष्ट्रपति चल्ने भनेको मन्त्रिपरिषद्को निर्णयबाट हो र राष्ट्रपतिको सल्लाहकार प्रधानमन्त्री हो’, उनले भने, ‘त्यस्तै, उपराष्ट्रपतिले राष्ट्रियसभाको अध्यक्षता गर्ने हो भने यसबाट खर्च कम गर्न सकिन्छ ।;
उनले उपराष्ट्रपति पदेन राष्ट्रियसभाको अध्यक्ष हुनुपर्ने व्यवस्था गर्न माग गरे । उनले राष्ट्रिय सहमति गरेर खर्च कटौतीका लागि कानुन संशोधन गर्नुपर्ने बताए ।

प्रतिक्रिया