कांग्रेस नेता विकास लामाको निधन


काठमाडौं । नेपाली कांग्रेसका नेता विकास लामाको निधन भएको छ । सिन्धुपाल्चोकका पूर्वसभापति लामाको उपचारका क्रममा वीर अस्पतालमा मृत्यु भएको हो । ब्ल्ड क्यान्सर पीडित उनी केही समयअघि थाइल्याण्डबाट उपचार गराएर नेपाल फर्किएका थिए ।