जसपाद्वारा केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान


 

काठमाडौं । जनता समाजवादी पार्टी, नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ ।   बिहीबार बिहान ११ः३० बजे पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने गरी बैठक आह्वान गरिएको पार्टीका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

उनका अनुसार बैठकमा विधान अधिवेशनको तयारी र असार ९ गतेको केन्द्रीय समितिको बैठकका कार्यसूची तय गर्ने तथा  समसामयिक राजनीति लगायतका विषयमा छलफल गरिने जनाइएको छ ।