काठमाडौं । नेकपा (एकीकृत समाजवादी)का महासचिव घनश्याम भुसाललाई पितृशोक परेको छ । उनका पिता जगन्नाथ भुसालको आइतबार बिहान ९७ वर्षको उमेरमा निधन भएको हो ।
उच्च रक्तचाप, श्वासप्रश्वास, मधुमेहलगायत रोगबाट पीडित भुसाल केही सातादेखि उपचारका क्रममा रहेका पारिवारले जानकारी दिएको छ । तिलोत्तमा नगरपालिका–९ स्थित निवासमै निधन भएका भुसालका श्रीमती, चार छोरा र तीन छोरी छन् ।

प्रतिक्रिया