लोकतन्त्रको विकल्प छैनः अध्यक्ष नेपाल



काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार निरङ्कुशतन्त्रविरुद्ध नेपालले जनताले लामो समयदेखि गरेको सङ्घर्षबाट प्राप्त सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई प्रवद्र्धन गर्नुपर्ने बताएका छन् ।

गणतन्त्र दिवसका अवसरमा अध्यक्ष नेपालले विज्ञप्ति जारी गर्दै जनताको चाहनाअनुसार शासन व्यवस्था सञ्चालन गरी देश विकास तथा समृद्धि कायम गर्न सकिने लोकतन्त्रको विकल्प नरहेको बताएका हुन् ।

राज्यको मूलधारमा आउन नसकेका नागरिकलाई समावेशी र समानुपातिक प्रतिनिधित्वका आधारमा समेटेर अगाडि बढाउन जोड दिइएको उल्लेख गर्दै जारी विज्ञप्तिमा समाजवादमा सामाजिक न्याय र समानतासहित आत्मनिर्भर अर्थतन्त्रको विकास गर्नुपर्ने आवश्यकता औँल्याइएको छ ।सुशासन कायम गर्न संस्थागत बेथिति र भ्रष्टाचार अन्त्य गर्नुपर्नेमा पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सामाजिक संजालमार्फत सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता लिने टीका बनिन् कृषिमन्त्री

सुदूरपश्चिम । सुदूरपश्चिममा नागरिक उन्मुक्ति पार्टीकी टीका थापा मन्त्री बनेकी छन् । भूमि

संकल्प प्रस्ताव पारित गराएर अर्को मुख्यमन्त्री चयन हुनैसक्दैनः मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले प्रदेश प्रमुख पर्शुराम खापुङलाई पत्र पेस

‘समृद्ध इलामः सुखी इलामेली’ को साझा सपना पूरा गर्छु

काठमाडौं । प्रतिनिधिसभा सदस्यमा इलाम क्षेत्र नम्बर दुईबाट निर्वाचित भएकोमा नेकपा एमालेका नेता

रविजीहरु २०८४ मा दुई–तिहाई ल्याइन्छ भन्नुहुन्थ्यो, जमानत जफत भयोः सीके राउत

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. सीके राउतले अहिलेकै व्यवस्थाले २०८४ मा पनि