उच्च ओहोदामा रहेकाहरुको स्रोत नखुलेको सम्पत्ति जफत गर्न सांसद विष्टको माग



काठमाडौं । नेकपा एमालेका सचिव गोकर्ण विष्टले २०४६ सालयता उच्च ओहोदामा रहेकाहरूको सम्पत्ति छानबिन हुने गरी कानुनी व्यवस्था गर्न सरकारसँग माग गरेका छन् ।

बुधबारको प्रतिनिधिसभा बैठकमा सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सचिव विष्टले स्रोत नखुलेका वा कर नतिरेका सम्पत्तिहरू जफत हुने गरी उच्च ओहोदामा रहेकाहरूको सम्पत्ति छानबिन गर्न माग गरेका हुन् ।

सचिव विष्टले भ्रष्टाचार नियन्त्रणका लागि पनि उच्च ओहोदामा रहेकाहरुको स्रोत नखुलेको सम्पत्ति राज्यले जफ्त गर्नैपर्ने बताए । उनले सरकारको नीति तथा कार्यक्रम मुलुकको गम्भीरतालाई महसुस गरेर नआएकाले त्यसलाई परिमार्जन गर्नुपर्ने पनि बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
गठबन्धन गरेर निर्वाचनमा जाँदा कांग्रेस ठूलो पार्टी बनेको कुरा भूल्नु हुँदैनः सभापति देउवा

भक्तपुर । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले समानुपातिक प्रणालीलाई व्यवस्थापन गर्न संविधान संसोधन

प्रधानमन्त्रीले फुकोट कर्णाली र तल्लो अरुण भारतलाई किस्तीमा राखेर सुम्पिएको ओलीको आरोप

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारत

म फेरि सभापति हुन्छु भनेर भनेको छैनः सभापति देउवा

चितवन । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सबै मिलेर प्रजातन्त्रको रक्षा गर्नुपर्ने बताएका

आग्रह र पूर्वाग्रह बिना दश वर्षको बजेट समीक्षा गरौँ  : पूर्वअर्थमन्त्री शर्मा

काठमाडौं । पूर्वअर्थमन्त्री जनार्दन शर्माले पछिल्लो १० वर्षका बजेटको समीक्षा गर्ने प्रस्ताव गरेका