काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले नक्कली भुटानी शरणार्थी प्रकरणमा राज्यले खेद प्रस्ताव पारित गर्नुपर्ने बताएका छन् ।
सोमबारको प्रतिनिधिसभा बैठकमा सांसद परियारले यो प्रकरणले नेपाल र नेपाली राजनीतिलाई लज्जाबोध गराएकाले सरकारले त्यसलाई लज्जाबोध मानि खेद प्रस्ताव पास गर्नुपर्ने बताएका हुन् ।
उनले भने, ‘नेपाली राजनीतिलाई लज्जित बनाएको सो घटनाका बारेमा नेपाल सरकारका गृहमन्त्रीलाई अनुसन्धान कहाँ पुग्यो ? त्यसको जानकारी सदनलाई गराउन आग्रह गर्दछु ।साथै, यो घटना प्रति लज्जाबोध गरेर खेद प्रस्ताव पास गर्न अनुरोध गर्दछु ।’

प्रतिक्रिया