प्रतिनिधि चयन गरी जेठ २५ सम्म केन्द्रीय कार्यालयमा पठाउन जसपाको परिपत्र



काठमाडौं । जनता समाजवादी पार्टी(जसपा)ले मातहत समिति र सङ्गठनलाई आगामी जेठ २५ गतेसम्म प्रतिनिधि चयन गरी केन्द्रीय कार्यालयमा पठाउन परिपत्र जारी गरेको छ । आगामी असार ९ गतदेखि हुने पार्टीको विधान अधिवेशनका लागि प्रतिनिधि चयन गरी केन्द्रीय कार्यालयमा पठाउन परिपत्र जारी गरिएको पार्टीले जनाएको छ ।

यसैगरी जसपाको विधान अधिवेशनमा प्रतिनिधिको सङ्ख्या सात सय ७८ हुने भएको छ । प्रतिनिधिको मापदण्ड तय गर्न बनेको समितिको प्रस्ताव उपर छलफल गरी कार्यकारिणी समिति बैठकले सङ्ख्या टुङ्गो लगाएको हो ।

केन्द्रीय समितिमा चार सय २३, सात प्रदेश समितिबाट ४९ जना, दश राष्ट्रिय समितिबाट ५० जना, तीन वटा विशेष प्रदेश समितिबाट १२ जना, ४५ वटा जिल्ला समितिबाट एक सय ३५ जना, पाँच वटा महानगरपालिकाबाट पाँच जना प्रतिनिधि रहने व्यवस्था गरिएको पार्टीका कार्यकारिणी समिति सदस्य शिवलाल थापाले जानकारी दिए ।

उनका अनुसार ट्रेड युनियन महासङ्घ, विद्यार्थी, युवा, महिला, कानून व्यवसायीबाट दुई/दुई जना प्रतिनिधि रहने छन् । बौद्धिक पेसाकर्मी, उद्योग वाणिज्य महासङ्घ, किसान महासङ्घ, आदिवासी जनजाति महासङ्घ, खेलकुद महासङ्घ, सांस्कृतिक महासङ्घ, पिछडा वर्ग महासङ्घ, शिल्पी दलित महासङ्घ, थारु सङ्घ, मुस्लिम सङ्घ, सुकुम्वासी सङ्घ, प्रेस युनियनबाट एक÷एक जना प्रतिनिधि हुनेछन् । यसैगरी मधेस प्रदेश समितिलाई, कोशी प्रदेश, मधेस प्रदेश र लुम्बिनी प्रदेशका केही जिल्लालाई थप प्रतिनिधिको व्यवस्था गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारी ठगी छानबिन गर्न संसदीय समिति गठन गर्ने चार दलबीच सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसदको गतिरोध अन्त्य गर्न संसदीय

संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या

संसदीय समिति गठनमा सहमति जुटाउन चार दल प्रधानमन्त्री निवासमा छलफलमा

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको मागमा

वैदेशिक रोजगारीमा गएकाको अधिकार सुरक्षित गर्नुपर्नेमा देउवाको जोड

  काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा गएका