२०४७ सालदेखिका भ्रष्टाचारको छानबिन गर्नुपर्छः अध्यक्ष ओली



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी छुट्न नहुने र निर्दोष फस्न नहुने बताएका छन् । बिहीबार पार्टीको केन्द्रीय कमिटी बैठक सुरु हुनुअघि पार्टी केन्द्रीय कार्यालय च्यासलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष ओलीले निर्दोष फस्न हुँदैन भन्नै आफ्नो धारणा रहेको बताए ।

उनले यो प्रकरणको पूरै ‘फिल्म’ हेर्न भने बाँकी रहेको बताए । उनले भने,‘देखाउने भनेको जति फिल्म सुरु भएको छैन । देखाउँछु भन्नेले देखाउनु पर्छ।’ उनले २०४७ सालदेखिका भ्रष्टाचारमा छानबिन गर्न माग गरे । उनले भने, ‘भ्रष्टाचार नियन्त्रण गरौँ भनेर लड्दै आएको लडाइँ हो। अहिले आएर बल्ल अगाडि बढेको छ। त्यसमा म खुसी नै छु।’

नक्कली भुटानी शरणार्थी प्रकरणमा छानबिन अघि बढाएपछि प्रधानमन्त्रीले अहिले ट्रेलर मात्रै भएकाले फिल्म देखाउन बाँकी रहेको बताएका थिए । यसप्रकरणमा संलग्न भएको आरोपमा पूर्वगृहमन्त्री बालकृष्ण खाँणसहित एकदर्जन पक्राउ परेका छन् । एमाले सचिव टोपबहादुर रायमाझी पक्राउ पुर्जी जारी भएपछि फरार छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस
सहकारी ठगी छानबिन गर्न संसदीय समिति गठन गर्ने चार दलबीच सहमति

काठमाडौँ । सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी दल संसदको गतिरोध अन्त्य गर्न संसदीय

संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या गर्नु हुँदैनः महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले संसदको गतिरोधलाई राजनीतिक सङ्कटका रूपमा व्याख्या

संसदीय समिति गठनमा सहमति जुटाउन चार दल प्रधानमन्त्री निवासमा छलफलमा

काठमाडौं । सहकारी ठगी प्रकरण छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने कांग्रेसको मागमा

वैदेशिक रोजगारीमा गएकाको अधिकार सुरक्षित गर्नुपर्नेमा देउवाको जोड

  काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वैदेशिक रोजगारीमा गएका